भीम रावललाई ठुलो धक्का, क-कस्ले छाडे?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, ११ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको सुदूरपश्चिममा बलियो पकड छ । एमालेमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच विगतमा शक्तिसंघर्ष हुँदा सुदूरपश्चिममा रावलका कारण ओलीविरोधी बलियो देखिन्थे । सुदूरपश्चिममा मात्र ओली अल्पमतमा थिए ।

अहिले भीम रावलले माधव नेपालको साथ छाडेपछि सुदूरपश्चिममा माधव नेपाल कमजोर भएका छन् । तर, रावललाई पनि केही विश्वासपात्रहरुले छाडिदिएका छन् । उनको पकड विगतको तुलनामा गुमेको छ । यसले रावललाई राजनीतिमा धक्का लागेको छ ।

भीम रावललाई दीर्घ सोडारीले साथ छाडेका छन् । उनी रावलका विश्वासपात्र मानिन्थे । सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधारमन्त्री सोडारी कैलालीमा प्रभावशाली मानिन्छन् । अहिले नेकपा एसमा छन् ।

सुदूरपश्चिम प्रदेशमा मन्त्री रहेका पूर्णा जोशी र माया भट्टका अलावा प्रदेश सभा सदस्य तारा लामा पनि नेकपा एसमा गएका छन् । उनीहरु रावल निकट मानिन्थे ।

अछामका शेरबहादुर कुँवरले पनि भीम रावलको साथ छाडेका छन् । कुँवर अछाम जिल्ला अध्यक्ष भइसकेका छन् । तर, रावल एमालेमा रहेपनि उनले साथ छाडेर नेकपा एस रोजेका छन् । यसले रावललाई गृहजिल्लामै कमजोर बनाउन सक्छ ।

एमाले संसदीय दलका नेता प्रकाश शाह मात्र रावलको पक्षमा खुलेका छन् । सुदूरपश्चिममा २५ जना नेकपा एमालेका प्रदेश सभा सांसद थिए । ओलीको पक्षमा ८ र ओलीइतर समूहमा १७ थिए । १७ मध्ये अधिकांश नेकपा एसमा जानसक्ने देखिएको छ । उनीहरुलाई रोक्न प्रयास भइरहेको छ । २१ दिनभित्र दल रोज्ने गरी अध्यादेशमा उल्लेख भएकाले केही दिनमै छिनोफानो हुनसक्छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 97
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    97
    Shares

प्रतिक्रिया दिनुहोस !