प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेटवार्ता, के-के भयो कुराकानी ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।

आज (आइतबार) बिहान बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ । देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको डेढ महिनामा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

माधव नेपाललाई कुर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बताइँदै आएको थियो । तर नेता नेपालले एमाले फोडेर नयाँ पार्टी दर्ता गरिसकिएकाले अब भागबण्डाका आधारमा मन्त्रिपरिषद विस्तार गर्नेमा नेताहरु केन्द्रित रहेको बताइएको छ ।

हिजो शनिबार पनि यसै विषयमा प्रधानमन्त्री र ती नेताहरुबीच भेटवार्ता भएको थियो । अहिले सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा रहेका छन् ।

आफ्नै देशमा मेहेनत गरे सफलता मिल्छ : मुख्यमन्त्री भट्ट – सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा आएर परिश्रम र मेहेनत गर्न आग्रह गर्नुभएको छ ।

धनगढीमा आज भर्चुअलमार्फत गरिएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री भट्टले भन्नुभयो, “विदेशमा गर्ने मेहेनत आफ्नै ठाउँमा गर्न सकिएमा सफलता मिल्नेछ ।”

जघन्य अपराधको घटनाबाट पीडित भएका परिवारमा पु¥याइएको आर्थिक सहयोगको सरहाना गर्दै मुख्यमन्त्रीले सीप सिकेकालाई स्वरोजगारका अवसर सिर्जना गराउने व्यवस्था सरकारले गरिरहेको बताउनुभयो ।

उहाँले गत वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडी जिल्लाकी भागिरथी भट्टका परिवारलाई विदेशमा रहेका नेपालीको सङ्गठनद्वारा सङ्कलित रु दुई लाख ७० हजार ८४० हस्तान्तरण गर्नुभयो ।

विकासमा सिर्जनशीलता नेपाल नामको संस्थाको पहलमा विदेशमा रहेका नेपालीको सङ्गठन नेपलिज एशोसिएशन आफ भिक्टोरिया ९न्याभ० र मल्टी डाइनमिक रियल स्टेट मेलवर्न ९अष्ट्रेलिया०ले उक्त रकम सङ्कलन गरी पठाएको जनाइएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 73
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    73
    Shares

प्रतिक्रिया दिनुहोस !