सा’लना’ल न’झरेपछि २५ बर्षिया सुत्केरी महिलाको मृ’त्यु!

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

गोरखामा एक सुत्केरीको मृ त्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहीबार मृ त्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिनुभयो ।

उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै उनको मृ त्यु भएको उहाँले बताउनुभयो । बुधबार राति सु त्केरी भएकी लामाको सा’लना’ल न’झरेपछि हेलिकप्टरमार्फत उद्धारका लागि गाउँपालिकाले बिहीबार करिब १२ः३० जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए ।

सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसङ्ख्या मन्त्रालयले करिब ३ बजे नेपाली सेनाको हेलिकप्टर पठाएको थियो ।nतर हेलिकप्टर नपुग्दै उनको मृ त्यु भएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

उद्धार प्रक्रिया पनि झ ण्झ टिलो भएकाले समयमा हेलिकप्टर झि काउन नसकिएको उहाँको भनाइ छ । “प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बि त्यो होला”, उहाँले भन्नुभयो, “सबै निकायबाट जतिसक्दो छिटो प्रयास गरेको भए पनि सु त्केरी बचाउन सकिएन ।”

बाक्लो हुस्सुका कारण मन्त्रालयले पठाएको हेलिकप्टरसमेत अवतरण गर्न समस्या भएकाले पनि उद्धारमा थप ढिलाइ हुँदा सु त्के रीको ज्या’न ग’एको उहाँको भनाइ छ । सडक सञ्जालसँग नजोडिएको उत्तरी गोरखाको सो गाउँपालिकामा प्रसव व्य था लागेका महिलालाई हेलिकप्टरमार्फत सुत्केरी गराउन काठमाडौँ पठाउनुको अर्को विकल्प छैन ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

प्रतिक्रिया दिनुहोस !