तीन हजार घर डुबानमा, ९ सय घरमा क्षति !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाण्डाै – यसपालिको मनसुनकाे अवधिमा बाढीका कारण तीन हजार १ सय ८० घर डुबानमा परेका छन् ।

प्रहरी प्रधान कार्यालय काठमाण्डाैले दिएको जानकारीअनुसार बढी पहिराेमा परेर ९ सय घरसहित १ सय ५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ । जेठ ३० यता एक हजार ८७ पशु चौपाया मरेका छन्।

यस अवधिमा एक हजार १ सय ३० विपद्का घटनाबाट एक हजार २ सय ९ घर परिवारका पाँच हजार ९ सय २४ जना विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

मनसुन भित्रिएसँगै नेपालमा अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानमा परि आजसम्म ९१ जनाको ज्यान भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा ४६ पुरुष, २३ महिला, १० बालक र १२ बालिका छन्।

बाढीपहिरो र डुबानमा परि यस अवधिमा १ सय १६ जना घाइते भएका छन् । बाढी पहिराेमा परि ४४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढी पहिराेमा परेका एक हजार २ सय ७५ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । – Ujyalo90network

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

प्रतिक्रिया दिनुहोस !