गाउँपालिका अध्यक्षलाई गाउँलेले बिच बाटोमै कठालो समातेर के गरे ? (भिडियो हेर्नुस्)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौ । दोलखाको मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठलाई स्थानीयले कठालो समोतेका छन् । गाउँपालिकामा सडक गुणस्तरीय बनाउन नसकेको र फोनमा झुटो बोलेको विषयलाई लिएर स्थानियले अध्यक्षको कठालो समातेका हुन्। शनिवार बिहान गाउँपालिकाको वडा नम्बर ३ मुकुनेमा जनक बहादुर तामाङलाई उपचारको लागि अस्पताल लैजानका लागि गाडी बोलाएको थियो ।

तर, पहिरोका कारण सडक अवरुद्ध भएपछि स्थानियले गाउँपालिका अध्यक्ष श्रेष्ठलाई फोन गरेर बाटो खुलाउन डोजरको ब्यवस्था गर्न आग्रह गरे । अध्यक्ष श्रेष्ठले म अहिले जिल्ला बाहिर छु म कसैलाई भनिदिउँदा भन्दै झुटो बोलेर फोन राखिदिए ।

तर बाटो सफा गर्न कुनै पहल नभएपछि बिरामीका आफन्तहरु स्ट्रेचरमा बिरामी बोकेरै अस्पताल लैजान हिँडे । तर जिल्ला बाहिर छु भनेका अध्यक्ष टुप्लुक्क बाटोमै फेला परे ।

काम गर्नका दुखले झुटो बोलेको भन्दै रिसाएका स्थानियले अध्यक्षको कठालो समाते । स्थानीय प्रेम लामाकाच अनुसार सदरमुकाममा छु भन्दै गाउँमै भेटिएपछि अध्यक्ष श्रेष्ठमाथी बिरामीका आफन्तले दु व्र् यव हा र गरेका हुन । गाउँमा एम्बुलेन्सको व्यवस्था गर्न पनि नसक्ने र गुणस्तर बाटोपनि बनाउन पनि नसक्ने भन्दै स्थानीयले आ क्रो सि त भएका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

प्रतिक्रिया दिनुहोस !