माधव नेपाललाई अर्को धक्का, प्रदीप नेपालले छाडे साथ् कारण यस्तो

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले पनि अन्तत अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । उनले सामाजिक सञ्जाल मार्फत त्यसवारे जानकारी गराएका छन् । माधव नेपालले आफुसंग झेली कुरा गरेका कारण आफुले साथ दिन नसक्ने उनले उल्लेख गरेका छन् ।

सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धो का पाएको बताएका छन् । प्रदिप नेपाल निर्वाचन आयोगमा सनाखतका लागि पुगेका थिए । सुरुमा आफुले माधव नेपालकै समर्थन गर्ने बताएको भएपनि केन्द्रीय कमिटीमा नाम राख्दा आफुलाई नसोधेको भनेर चित्त दुखाएका उनी सनाखतका लागि भने निर्वाचन आयोग पुगेका थिए ।

तर सोमवार उनले नेपालको साथमा रहन नसक्ने भन्दै फेसवुक मार्फत जनाएका छन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धो का कै उपचार लिएर जानुपर्ने भो । विदा ।’

नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् । ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ उनले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 83
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    83
    Shares

प्रतिक्रिया दिनुहोस !