मनोज पण्डितको लेखन तथा निर्देशन रहेको चलचित्र “एक”को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, चलचित्र “एक” को ट्रेलर य़ुटुब मार्फत सार्बजनिक गरिएको छ। मनोज पण्डितको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा मधेशको बिषयलाई उठान गरिएको छ।

चलचित्रको ट्रेलर मेकिङ्गको हिसाबले धेरै राम्रो बनेको छ। हरेक कलाकारको अभिनय जिवन्त देखिन्छ। अशोज २१ गते यानिकी घटस्थापनाको दिन प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा मनोज पण्डित, प्रमोद अग्रहरी, बिशाल पोख्रेल, ज्योत्सना योगी लगायतको मुख्य भूमिका रहेको छ।

चलचित्र खिच्ने काम दिपक बज्रचार्यले गरेका छन् भने सम्पादन र कलारिंगको काम भरत मणि रेग्मीले गरेका छन्। आत्मा गुरागाईं र सोफिया थापाको लगानी रहेको चलचित्रमा मनोज, बिशाल, प्रमोद र ज्योत्सनाको अलावा सबीर चुरौटे, प्रमोद खड्का, बिश्वंत पोख्रेल, मदन ठाकुर, सुरेश शाह,राम शरण पाठक, ःअरॊन अलि लगायतको पनि अभिनय देख्न सकिन्छ।

ट्रेलर हेर्नुहोस:

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

प्रतिक्रिया दिनुहोस !