पर्वतमा पहिरोः एकै परिवारका तीनसहित ६ जनाको मृ’त्यु, !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पर्वत – पर्वतका विभिन्न ठाउँमा पहिराले पु’रिँ’दा ज्या’न गु’मा’उनेको संख्या ६ पुगेको छ । अरु दुईजना पुरिएर बे’प’त्ता भएका छन् । बिहीबार रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पु’रि’एकामा तीनजनाको श’व फेला परेको प्रहरीले जनाएको छ ।

पहिराेमा पु’रि’एका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल, ७५ वर्षीया कौशिला पौडेल र ११ वर्षीया विनिता पौडेलको श’व निकालिएको हो ।घरका दुईजना बे’प’त्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पु’रिए’का ३५ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको श’व फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

यसैगरि पर्वतकै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पु’रि’एर ५० वर्षीया ठुलीमाया थापाको मृ’त्यु भएको छ। जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति’ भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

प्रतिक्रिया दिनुहोस !