३३ बर्षपछि छोरासँग बाबुको पुनर्मिलन, ३३ बर्षसम्म बाबु कहा गएका रहेछन ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कैलाली-कैलालीका एक जनाले हराएको ३३ बर्षपछि आफ्नो बुवा भेटाएका छन्। कैलालीको जानकी नगरपालिका वडा नम्बर ७ का ३८ बर्षका राम बहादुर डगौराले ६२ बर्ष उमेर भएका बुवा लोकेन्द्र भनिने लोकुन डगौरा थारुलाई भेटाएका हुन्।

हराएकाे ३३ बर्ष पछि सामाजिक सन्जालमार्फत भारतीय सुरक्षा र नेपाली सुरक्षाकर्मीको पहलमा सम्पर्कमा आएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीवार पत्रकार सम्मेलन गरि कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ टीकलीगढ घर भएका डगौरालाई परिवारको जिम्मा लगाएको हो।

६२ वर्षीय लोकुनलाई कैलाली प्रहरीले उद्धार गरेर परिवारसँग पुर्नर्मिलन गराएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार विगत ३३ वर्ष अघि कामको सिलसिलामा भारतको सिम्ला गएदेखि उनी वेपत्ता रहेको बुझिएको छ।

गत भदौ ९ गते प्रहरी परिसर टेकु काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले तालुक गृह मन्त्रालयबाट थारु भारतको विहारमा फेला परेको भन्ने सूचना पछि भारतीय पक्षसंग समन्वय गरी उद्धार गर्न कैलाली प्रहरीलाई जानकारी गराएका थिए।

सोही अनुसार कैलाली प्रहरीले लोकुन डगौरा थारुलाई फेला पार्ने भारत विहार राज्य गया जिल्ला बाराचट्टी बस्ने सन्दिप यादव मार्फत जिल्ला प्रशासन कार्यालय पर्सामा हस्तान्तरण गरेको जनाएको छ। त्यस पछि लोकुनका छोरालाई पर्सामा पठाई कैलाली ल्याइएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

६२ बर्ष उमेर भएका लोकुन डगौरा थारुले सबै कुरा स्मरण गर्न र अभिव्यक्ति गर्न नसक्ने अवस्था भएको एसपी अधिकारी बताउँछन्। डगौराले नेपालबाट भिडियोमा कुराकानी गर्दा आफु टीकापर मनुवा आसपासका हुँ भनेर फोटोसहित च्याटमा पठाएका थिए।

उक्त फोटोसहित मनुवा गाउँआसपासमा प्रहरीले घर घरमा गएर सोधपुछ गरेको थियो। उनलाई बिहिबार नै लोकुनका छोरा राम बहादुर डगौरा थारुलाई हस्तान्तरण गरी प्रहरीले जनाएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

प्रतिक्रिया दिनुहोस !