क:रे’न्ट लागेर दुवै हात गु:मा’एका यी पौडी खेलाडीले रचे विश्व कीर्तिमान !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । दुवै हात नभएका चिनियाँ पौडी खेलाडी जेङ ताओले टोक्यो पाराओलिम्पिक्समा कीर्तिमान भङ्ग गर्दै चार स्वर्ण जितेपछि चर्चित बनेका छन्। “छोरी, मलाई हेर(मसँग हात नभए पनि म चाहिँदो छिटो पौडिन सक्छु१” एउटा पौडी जितेपछि जेङले छोरीका लागि राखेको भिडिओ सन्देशमा भनेका छन्।

बाल्यकालमा क-रे-न्ट लागेर दुवै हात गु-माएका जेङले फ्रीस्टाइल, ब्याकस्ट्रोक र बटरफ्लाई स्पर्धामा कीर्तिमान भङ्ग गर्दै स्वर्ण जितेका हुन् । उनले सबै एकल स्पर्धामा विश्व वा पाराओलिम्पिक्स कीर्तिमान भङ्ग गरेका छन् । बुधवार उनले ५० मि फ्रिस्टाइलमा पाराओलिम्पिक्स कीर्तिमानसाथ जितेको पदकको

भने चिनियाँ सामाजिक सञ्जालमा धेरै चर्चा भएको छ। सो पदक चीनले सन् १९८४ मा भाग दिन थालेदेखि पाराओलिम्पिक्समा जितेको ५०० औँ स्वर्ण पदक हो। सो स्पर्धा जितेपछि जेङले पत्रकारहरूलाई भनेस् “यो मेरो टोक्यो ओलिम्पिक्समा अन्तिम स्पर्धा भएकोले मैले सबै शक्ति लगाएँ।

मलाई लाग्छ यो मेरो उत्कृष्ट प्रदर्शन हो ।” सोमवार उनले ५० मिटर ब्याकस्ट्रोकमा ३१।४२ सेकेन्डको समय निकाल्दै विश्व कीर्तिमान कायम गरेका थिए। सो प्रदर्शन उनले दुई वर्षीया छोरीलाई भिडिओ सन्देश प्रेषित गरेपछि देखाएका थिए। छोरीसँग कुरा गरिरहेको उनको भावुक पलको भिडिओ सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

ब्याकस्ट्रोक स्पर्धाका लागि उनी मुखले च्यापेको रुमालको सहायताले पौडी पोखरीमा अडिन्छन्। इन्टरनेटमा उनलाई “साँचो प्रेरणा” र “गर्वको स्रोत” भनेर प्रशंसा गरिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 131
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    131
    Shares

प्रतिक्रिया दिनुहोस !