छिमेकीलाई उद्धार गर्न गएका मनिलाल बाँ’चे :तर आफ्नै घर रहेन् !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पर्वत चित्रेकी दुर्गा पौडेल छोरा र छोरीसहित माइत पाङ गएर बिहीबार फर्किइन्। माइतीबाट फर्कंदा कुश्मा-११ सिल्मीस्थित दिदीको घर गइन्। बिहीबार दिउँसोदेखि नै अविरल वर्षा भइरहेको थियो। दिदीकै घरमा छोराछोरीसहित दुर्गा बास बसिन्।

राति करिब १२ बजेतिर अचानक पहिरो आयो। घरको एउटा भाग पुरिदियो। दिदीको घरमा पाहुना हुन गएकी ३८ वर्षीय दुर्गा र उनका छोरा ६ वर्षीय गणेशको घ-ट-नास्थलमै ज्या-न गयो। छोरी अर्को कोठामा भएकाले बाँ-च्न सफल भइन्। दुर्गा र उनका छोराले ज्या-न गु-मा-ए पनि घरधनी मनिलालको परिवार पनि पहिरोबाट जोगिएका छन्।

कुश्मा–११ का वडा अध्यक्ष शिव पौडेलका अनुसार पहिरोले घरका एउटा भागमात्र पुरेकाले मनिलाल र उनका परिवार जोगिन सफल भएका थिए। पाहुना बन्न गएका दुर्गा र उनका छोरा सुतेकै ठाउँमा पहिरो आएकाले उनीहरूको ज्या-न गएको वडाध्यक्ष पौडेलले बताए। मनिलालको घर राति १२ बजेतिर भ-त्कि-एपछि गाउँमा ह-ल्ला भयो। छिमेकी उद्धारका लागि उनका घरतिर लागे। गाउँले मनिलालको घरतर्फ जाँदा उता गाउँका अरू घर पनि पहिरोले पु-रिएको वडा अध्यक्ष पौडेलले बताए।

मनिलालको घर पहिरोले पुरिएपछि उद्धारमा छिमेकी डम्मर नेपालीलगायत गएका थिए। गएराति करिब १ बजेतिर झरेको अर्को पहिरोले डम्मरको घर पनि पूर्ण रूपमा क्षति भयो। मनिलालको घरतर्फ गएकै कारण उनीहरू ज्या-न जो-गाउन सफल भएका थिए। त्यतिबेला डम्मरको घरसहित स्थानीयको ३ वटा घर पूर्णरूपमा क्ष-ती भएको वडा अध्यक्ष पौडेलले बताए। ‘मनिलालको घरतर्फ उद्धारमा नगएको भए पहिरोले थप मानिसको ज्या-न जान्थ्यो,’ वडा अध्यक्ष पौडेलले भने, ‘एकातिर उ-द्धार गर्न जाँदा आफ्नै घर पुरियो, उद्धारमा गएकै कारण मानवीय क्षति धेरै हुन पाएन।’

पहिरोले घर मात्र नभई गोठ, गाईभैंसीलगायत सम्पत्तिको पनि क्षती पुगेको उनले बताए। गएराति गएको पहिरोले पर्वतमा मात्र ११ जनाको ज्या-न गएको छ। कुश्मा–११ सिल्मीमा दुर्गा पौडेल, उनका छोरा गणेश छन्। यस्तै, कुश्मा–३ दुर्लुङ भोगेनीस्थित माधव शर्माको घर पहिरोले पुरिँदा परिवारका ५ जनाको मृ-त्यु भएको छ। मृ-त्यु हुनेहरूमा उनकी १६ वर्षीया छोरी विमला पौडेल, ११ वर्षीय विनिता, ७५ वर्षीया आमा कौशिला, माधवकी ३५ वर्षीया श्रीमती भगवती, ८ वर्षीय छोरा विनोद पौडेलको मृ-त्यु भएको छ।

यस्तै, पर्वतकै मोदी गाउँपालिका– ५ अम्बोटमा ओखलढुंगा सामुदायिक वनबाट आएको पहिरोमा प-रेर ५० वर्षीय फूलमाया थापाको मृ-त्यु भएको छ। पहिरोले फूलमायाको घर पुरेको प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी मिनबहादुर घलेले बताए। कुश्मा नगरपालिका-११ पपुवा पाल्चेमा हरि पौडेलको घर पनि पहिरोले पुरिएको छ। गएराति घर पहिरोले पुरिँदा हरिकी ४० वर्षीया श्रीमती मायाकुमारी पौडेल, ३ वर्षीया छोरा प्रयुस पौडेल र ७० वर्षकी आमा डल्ली पाध्या पौडेलको मृ-त्यु भएको प्रहरीले जनाएको छ।

डिएसपी घलेका अनुसार हरिका आमा पहिरोले पुरिएर बे-प-त्ता भएकी थिइन्। पहिरोमा खो-ज-त-ला-स गर्दा उनको श-व भेटिएको डिएसपी घलेले बताए। पहिरोका कारण पोखरादेखि कुश्मा जाने सडक अवरूद्ध भएको छ। – युवराज श्रेष्ठ

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

प्रतिक्रिया दिनुहोस !