एमसीसीको विरोध गर्नेलाई जे ल हाल्ने भन्दै देउवा सरकारले जारि गर्यो बिज्ञप्ति !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सर्वोच्च अदालतको परमादेश बाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसीको विरोध गर्नेलाई जे ल हाल्ने धम्कीपुर्ण विज्ञप्ती जारी गरेको छ ।

गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जारी गरको विज्ञप्तीमा मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी भएको विषयमा ध्यानकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयका प्रबक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा एमसीसी विरुद्ध नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिहरु प्रति नेपाल सरकारको गम्भिर ध्यानाकर्षण भएको छ जनाइएको छ ।

‘विकास आयोजना कार्यान्वयनमा असुरक्षा महशुस हुने तथा मित्रराष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्ता अभिव्यक्ति र गतिविधिहरुको मन्त्रालयले सुक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानून बमोजिम कडा कारवाही समेत गरिने चेतावनी मन्त्रालयको छ ।

एमसीसीकी उपाध्यक्ष सहितका उच्चस्तरीय भ्रमण टोली नेपाल आउने पक्का भए पछि देउवा सरकार नागरिक माथी दमन गर्ने हिसाबमा प्रस्तुत भएको छ । जनतलाई तर्साउने गरि सरकाराले विज्ञपप्ती जारी गरे पछि एमसीसी विराधी अभियान्ताहरु थप सशक्त तरिकाले विरोधमा उत्रिएका छन् ।

मन्त्रालयको विज्ञप्ति आएपछि यसको चौतर्फी विरोध भएको छ । देउवा सरकारले तानाशाही प्रबृति लाद्न खोजेको भन्दै जनस्तरबाट विरोध भएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

प्रतिक्रिया दिनुहोस !