एमालेको जिल्ला कमिटिनै एकीकृत समाजवादीमा समाहित

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

रुकुम पश्चिम । रुकुम पश्चिममा नेकपा एमाले जिल्ला कमिटीका अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । समाहित कमिटीका अध्यक्ष विमल कुमार पुनले अपवादमा केही सदस्य छाडेर नेकपा एमालेको सिङ्गो जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा सामेल भएको बताए ।

उनका अनुसार एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खगेन्द्रप्रसाद पुरी र कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । नेकपा एमालेको साविक ६५ सदस्यीय जिल्ला कमिटीमध्ये पाँचजना यसअघि नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेका थिए । बाँकीमध्ये अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा सामेल भएको उनको भनाइ छ ।

आफूसहित एमाले सचिव हरिप्रसाद शर्मा, उपसचिव माधव गौतम लगायत झण्डै ७५ प्रतिशत कमिटी सदस्यले एकीकृत समाजवादी रोजेको पुनले बताए । उपाध्यक्ष ऋषिप्रसाद शर्मा भने हालसम्म कुनै पनि पक्षमा नखुलेको बताइएको छ ।

औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी गठनसँगै रुकुम पश्चिमको जिल्ला कमिटी कार्यालयसमेत स्थापना गरिएको छ । मुसिकोटको कालिका मन्दिरमा स्थापित कार्यालय केन्द्रीय सदस्य शेरबहादुर केसीले उद्घाटन गरेका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टी रुकुम पश्चिमको जिल्ला कमिटीको पहिलो बैठकले १०६ सदस्यीय जिल्ला कमिटी बनाउँदै जिल्लाका सबै पालिकामा पार्टी निर्माणका लागि कार्यकर्ता भेला र कमिटी निर्माणलाई तीव्रता दिने निर्णयसमेत गरेको अध्यक्ष पुनले बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

प्रतिक्रिया दिनुहोस !