CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । गुल्मी जिल्लामा नेकपा एमाले विभाजनको असर कम मात्र परेको बताइएको छ । जिल्ला कमिटीका कुनै सदस्य विभाजनमा नलागेकाले समाजवादी शून्य बनेको एमालेको दाबी छ ।
पार्टीका जिल्ला,क्षेत्रीय,पालिका र अन्य जनवर्गीय संगठनका नेताहरु एमालेमै बसेपछि जन्मघर गुल्मी भएकी नेतृ रामकुमारी झाँक्री माइतीमा एक्लै भनेर चर्चा गर्न थालिएको छ । जिल्लाबाट संघीय संसदमा चार जना सांसद छन् ।
सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट तथा अखिल नेपाल महिला सँघकी केन्द्रीय सदस्य मैना भण्डारीले संघीय संसदमा एमालेको प्रतिनिधित्व गर्दै आएकी छन् ।
प्रदेशमा प्रतिनिधित्व गर्ने एमाले सांसदहरु पनि विभाजनको पक्षमा नलागेको विश्लेषण गरिएको छ । जिल्लाका ४ प्रदेश सांसदमध्ये एमालेको पक्षमा २ सांसद रहेका छन् । कमल श्रेष्ठ र खड्क केसी एमालेबाट निर्वाचित प्रदेश सांसद हुन् ।जिल्लाका १२ स्थानीय तहमध्ये आठ वटामा प्रमुख र उपप्रमुखसहित बहुमत र नेपाली काँग्रेसका दुई पालिका उपाध्यक्षसहित बहुमत एमालेले जितेको छ । ती तहमा पनि सबैजसोले एमालेतिर मुण्टो हल्लाएको बताइन्छ ।
यसअघि मुसिकोट नगरका मेयर सोमनाथ सापकोटा र जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली नेता गगन बिष्टसँगै माधव नेपाल समूहमा खुलेर लागेका थिए । तर केन्द्रीय सचिव बिष्ट एमालेमै रहेपछि सापकोटा र पराजुलीले पनि अहिलेलाई हामी पनि यतै भनेका हुन् । तर,हिजो निकै मेहनतका साथ नेपाल पक्षमा लागेका कारण लक्ष्मण र सोम सापकोटाले पुरानै पोजिसनमा एमालेमा नफर्किने भनेर मूलधारका कमरेडहरुले बताएको स्रोतको दाबी छ ।
सापकोटाले केन्द्रीय कमिटी पुनर्गठनमा चर्को अपेक्षा गरेको एमाले पक्षधरहरुको आरोप छ । लक्ष्मणले भने इस्मा गाँउपालिकाको अध्यक्ष सुनिश्चित गरेर मात्रै जिल्ला फर्कने सन्देश पठाएको अर्को पक्षको भनाई छ । तर,एमाले अध्यक्ष ओली पक्षका जिल्ला नेताहरु उनीहरुलाई कुनै पनि हालतमा पद दिन नहुने भन्दै लबिङमा लागेका छन् ।
जिल्लामा झाँक्रीलाई तेस्रो पुस्ताका नेताहरुले साथ दिएका छन् । श्रीराम महत लगायतका नेताहरुले नेकपा एसको पक्षमा लागि परेका छन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।