म्याग्दीका यी २६ वर्षीय ठिटो जो बने काँग्रेसको वडा सभापति

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

बेनी । म्याग्दीका वडाहरुमा भएको नेपाली काँग्र्रेसको अधिवेशनले केही नयाँ अनुसार र युवालाई नेतृत्वमा पु¥याएको छ । १४ औ महाधिवेशन अन्तरगत शुक्रबार म्याग्दीका छ वटा स्थानीय तहको ४३ वटा वडामा चयन भएका कार्यसमितिका सभापति मध्य १६ जना ४५ वर्ष भन्दा कम उमेरका छन् ।

म्याग्दीमा काँग्रेसको वडा अधिवेशनले युवालाई राजनीतिमा आकर्षित गराउदै नेतृत्व बिकासमा सहयोग पुगेको छ । माओवादी केन्द्रले ४० वर्ष भन्दा कम उमेरका रेशम जुग्जालीलाई हालै जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो । नेकपा एमालेका नेताहरुले पनि पार्टीका विभिन्न तहमा युवालाई नेतृत्वमा ल्याउन जोड गरेका छन् ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर १ को वडा सभापतिमा निर्बाचित सुर्य गर्बुजा म्याग्दीमा काँग्रेसका सबैभन्दा कम उमेरका वडा सभापति हुनुहुन्छ । २६ वर्षिय गर्बुजा म्याग्दी काँग्रेसको हालसम्मको सबै भन्दा कम उमेरमा वडा तहको नेतृत्वमा पुग्ने ब्यक्ति भएका नेताहरुले दाबी गरेका छन् ।

अन्नपूर्णको शिखका अर्जुन चोचाङ्गी, रघुगंगाको चिमखोलाका प्रदिप पाइजा, पाखापानीका भेषकुमार शेरपुञ्जा, बेनी नगरपालिकाको घतानका सुबर्ण खत्री, सिंगाका सुमन बानिया, धवलागिरीको मुदीका योगेन्द्र घर्ति ३५ वर्ष भन्दा कम उमेरका हुनुहुन्छ ।

दानाका सुरत केसी, घारका कृष्णप्रसाद बरुवाल, मालिकाको निस्कोटका भबहादुर पुन, देबिस्थानका भकबहादुर घर्ति, धवलागिरीको मराङका योगेन्द्र गुरुङ, मल्कवाङका अमर छन्त्याल र ताकमका थमबहादुर पुन पनि ४५ वर्ष भन्दा कम उमेरका हुनुहुन्छ । वडा अधिवेशनका क्रममा कुनै पनि वडामा महिला नेतृत्वमा आएनन् ।

बेगको वडा सभापतिमा निर्बाचित गर्बुजाले राजनीतिलाई बिधिमा चलाउन आफु अघि बढेको प्रतिक्रिया दिनुभयो । “८ वर्षदेखि तरुण दलको राजनीतिमा थिए । काठमाडौमा स्नातक तहसम्मको अध्ययन गरेर गाउँ फर्किएपछि सामाजिक गतिबिधीको नेतृत्व गर्ने अवसर पाए,” उहाँले भन्नुभयो “बिकास निर्माण र सामाजिक काममा अन्य साथिहरुबाट पाएको सहयोग र सुझाव अनुसार पार्टीको नेतृत्व लिएको हो । राजनीतिसँगै पढाईलाई पनि स्नाकोत्तर तहसम्म पु¥याउने सोचमा छु ।”

म्याग्दीका ४५ वटा मध्य ४१ वडामा सर्बसम्मत र २ वटामा मतदान प्रक्रियाबाट पदाधीकारी, कार्यसमिति सदस्य र प्रतिनिधीय चयन भएका हो । नेपाली काँग्रेस म्याग्दीका प्रबत्ता अजयमिलन श्रेष्ठले क्रियाशिल सदस्यता नबिकरण गरेकाको नामावली अन्नपुर्ण गाउँपालिका–१ दोबा र ८ राम्चेको अधिवेशन रोकिएको बताउनुभयो । दोबा र राम्चेको अधिवेशन पनि भदौ २३ गतेभित्रनै गर्न सदस्यता नबिकरणका लागि केन्दिय समितिमा पहल गरेको उहाँले बताउनुभयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 11.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11.8K
    Shares

प्रतिक्रिया दिनुहोस !