काठमाण्डौमा ३ सय ८२ वटा घर डुबानमा (हेर्नुहोस भिडियो )

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् ।

३ सय ८२ वटा घर डुबानमा परेका र १ सय ५८ जनाको उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् ।

वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् ।

सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ । काठमाण्डौसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ ।

वर्षाका कारण त्यस क्षेत्रमा पर्ने अरनिको राजमार्ग जलमग्न भए पनि बनेपाको पुलबजारबाट गाडी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । अहिले पानी पर्न कम भएपछि नदी, खोलामा पानीको सतह घट्दैछ ।

unn.prixa.net

हेर्नुहोस भिडियो:

काठमाण्डाै – लगातारको ठूलो वर्षाले काभ्रेको बनेपा बजार डुबानमा परेको छ ।

अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ मा रहेकाे पुलबजार क्षेत्र अविरल वर्षाका कारण डुबानमा परेपछि जलमग्न बनेको पुलबजार क्षेत्र । डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ । अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ मा रहेकाे पुलबजार क्षेत्र अविरल वर्षाका कारण डुबानमा परेपछि जलमग्न बनेको पुलबजार क्षेत्र । डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प रहेको छ ।

पुण्यमाताको खोलामा आएको बाढी बजार र सडकमा पसेको हो । पुल बजार क्षेत्रका घर, पसल जलमग्न भएका काभ्रे प्रहरीले जनाएको छ ।

पानी पर्न कम भएपछि बाढी घट्न थालेको छ ।

तस्बिर : रासस

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 156
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    156
    Shares

प्रतिक्रिया दिनुहोस !