निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल कहिले विवाहा गर्दै छन् ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापाले सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । सोमवार काठमाडौंको एक पाँचतारे होटलमा उनीहरुले औंठी साटेका हुन् ।

इन्गेजमेन्ट समारोहमा हुनेवाला दुलहा र दुलही पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको जानकारी प्राप्त छ । सुदर्शनले आफ्नो जन्मदिनको अवसरमा सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

यो जोडी आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने तयारीमा छ । अभिनेता राज कटुवालको माध्यमबाट सुदर्शन र सुप्रियाको चिनजान भएको हो । सुप्रिया केही समयदेखि एपि वान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । उनले केही म्यूजिक भिडियोसँगै फिल्म ‘साढे सात’ मा पनि अभिनय गरेकी छन् । सुदर्शन र सुप्रिया विगत एक वर्ष प्रेम सम्बन्धमा थिए ।

‘मेरो एउटा साथी छ’ फिल्मबाट निर्देशनको रुपमा सफल डेब्यू गरेका सुदर्शन थापा लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिन्छन् । ‘प्रेमगीत’ लाई उनको करिअरकै उत्कृष्ट फिल्म भन्ने गरिएको छ ।

उनका फिल्म हेरेर धेरै दर्शकले प्रेम व्यक्त गर्न सिकेका छन् । व्यवसायिक रुपमा सफल फिल्म दिँदै आएका उनले आफ्नो जन्मदिनको अवसर पारेर जीवनको नयाँ अध्याय सुरु गरेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

प्रतिक्रिया दिनुहोस !