CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।
शाह भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै सरकारमा गएका थिए । पहिला आन्तरिक मामिलामन्त्री बनेका शाहले गएको जेठमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्न पुगेका थिए । राज्यमन्त्री गहतराज गत जेठमा मात्रै नियुक्त भएकी थिइन् ।
माधव नेपाल पार्टीमा फर्किए क्षमादान : पाण्डे – नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र सुरेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीको आन्तरिक झगडासँगै विभाजनले मुलुक अस्थिरता तर्फ धकेलिएको बताएका छन् । मंगलबार पोखरामा आयोजित नेकपा एमाले कास्कीको बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालका कम्युनिष्ट पार्टीमा देखिएको आन्तरिक झगडाले पार्टीमा विखण्डन आएकाले देश अस्थिरतातर्फ गएको बताएका हुन् ।
उनले नेपालमा नेताहरुका आन्तरिक झगडाका कारण पार्टी विभाजन हुदै आएको बताए । ‘कम्युनिष्ट पार्टीमा नेताहरुको आन्तरिक झगडाका कारण पटक पटक पार्टी विभाजन हुदै आएको छ, नेताहरुको आन्तरिक झगडाले सोभियत संघ समेत टुक्रियो,’ उनले भने,‘कांग्रेसमा आन्तरिक झगडा तीव्ररुपमा हुदै आएको छ,तर, काँग्रेस विभाजन हुदैन, कम्युनिष्ट पार्टीमा भने नेताहरुको झगडाले पार्टी पटक पटक विभाजन हुन गयो ।’
नेता पाण्डेले नेता माधव नेपालले १० बुँदे सहमतिलाई नमानेर पार्टी विभाजन गरेको आरोप लगाए । उनले नेता नेपालको महत्त्वाकांक्षाका कारण नै पार्टी विभाजन भएको बताए । ‘मैले १० बुँदे सहमति कार्यान्वय गरेर पार्टीका आन्तरिक विवादलाई मिलाउन पटक पटक प्रयास गरे, तर,केही स्वार्थी नेताका कारण पार्टी विभाजन भयो,’ उनले भने ।
नेपा पाण्डेले केही स्वार्थी नेताहरुका कारण पार्टी विभाजन भएपनि सामान्य क्षती भएको बताए । उनले गण्डकी प्रदेशहरूमा सामन्य क्षती भएको बताउँदै केही प्राविधिक कारणले प्रदेश नं २ मा भने केही बढी क्षति भएको बताए ।
नेता पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको आरोप लगाउदै नेपाल समूहका नेताहरु पार्टीमा फर्किए अझै पनि क्षमादान दिने बताए ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।