संखुवासभा घटनामा ह ति या र होइन यस्ता बस्तु प्रयोग भए, घटना कसरी भयो प्रहरीले दियो जानकारी ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौ । संखुवासभाको मादी गाउँपालिका १ मा एकै परिवारका ६ जनाको मृत्यु भएको घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धानवाट खुलेका कुरा सार्वजनिक गरेको छ । यस अघि घटनामा धा रि लो ह ति या र प्रयोग भएको बताइएको थियो । तर अनुसन्धानले भने फरक देखाएको छ । प्रहरीले अनुसन्धानवाट चिर्पट, दाउरा वा काठको प्रयोग भएको हुनसक्ने जनाएको छ ।

श वको प्रकृति हेर्दा त्यस्तो देखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई लखेटेको देखिएको पनि प्रहरीको भनाई छ । अनुसन्धानबाट त्यस्तै देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनकुमार राईले जानकारी दिए ।

‘शुरुमा का टे को भन्ने थियो‚ तर पछि अनुसन्धान गर्दै जाँदा त्यस्तो देखिएन‚’ उनले भने । चिर्पट, दाउरा वा काठ तथा कुनै गह्रुङ्गो खालको फलामको वस्तु प्रयोग भएको हुनसक्ने देखिएको छ ।’

आइतबार राति मादी( १ मा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको श व फेला परेको हो । ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको श व छरिएको अवस्थाा फेला परेको हो ।

घरैमा रहेका ९० वर्षका तेजबहादुरका बुबा भने जी वि तै छन् । कान कम सुन्ने र आँखा पनि कम देख्ने उनले आफू साँझमै खाना खाएर सु ते को र घटनाबारे केही थाहा नपाएको बताएका छन् ।

घटनाको बारेमा अनुसन्धान गर्न सिआइबीको टोलीसमेत विराटनगर आइपुगेको छ भने डिएसपी रुकमबहादुर कुँवरको कमान्डमा ५ जनाको टोली घटनास्थलतर्फ हिँडेको प्रहरीले जनाएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 203
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    203
    Shares

प्रतिक्रिया दिनुहोस !