एमसीसीबारे गलत हल्ला फैलाइयो : प्रधानमन्त्री देउवा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा जनमानसमा गलत हल्ला फैलाइएको बताएका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा उनले एमसीसीबारे गलत हल्ला फैलाइएकोले त्यस भ्रमलाई चिर्न नेपाली कांग्रेसका सांसदलाई निर्देशन दिए । ‘हामीले अमेरिकाबाट देश विकासमा अनुदानका लागि एमसीसी सम्झौता गरेका हौं,’ उनले भने, ‘यो विकासका लागि दिइएको अनुदान हो । यसमा धेरै राजनीति गर्न खोजियो । त्यो आवश्यक छैन ।’

कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने बताएका छन् । उनले नेपालको विकासका लागि एमसीसी अहिले एकाएक नभई  निश्चित कानुनी प्रक्रिया पूरा गरेर सम्झौता गरिएको जानकारी दिए ।

उनले एमसीसी पारित गर्नका लागि सत्तारुढ र विपक्षीदलसँग छलफलसमेत गर्ने बताए । बैठकमा प्रधानमन्त्री र कांग्रेस सांसदबीच एमसीसीबारेमा सवालजवाफ समेत भएको थियो ।

जाजरकोटमा १० जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी- जाजरकोटमा दुई जना वडाध्यक्षसहित १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । दल रोज्न पाउने अन्तिम दिन मंगलबारसम्म जाजकोटमा १० जनाले एकीकृत समाजवादी रोजेका हुन् ।

जाजरकोटका सात स्थानीय तहमध्ये तीन स्थानमा एमालेले प्रमुख पद जितेको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधि मध्ये एकीकृत समाजवादीमा सनाखत गर्ने प्रतिनिधिहरूमा छेडागाड नगरपालिका–१ का अध्यक्ष गणेशप्रसाद जैसी र २ नम्वरका अध्यक्ष बालकृष्ण बुढा रहेका छन् ।

त्यस्तै छेडागाड-१ कै कार्यपालिका सदस्य गोरी कामी, सदस्य बीरबहादुर बुढाले एकीकृत समाजवादी रोजेका हुन् । वडा नम्बर-२ की सदस्य कौशिला सुनार, साउनी बुढा पनि एमाले त्यागेर समाजवादीमा गएका छन् ।

छेडागाड नगरपालिका–५ का वडा सदस्य रामप्रसाद जैसी, छेडागाड नगरपालिका-६ बाट कार्यपालिका सदस्य चन्द्री रावत, वडा नम्बर-९ बाट कार्यपालिका सदस्य गंगा नेपाली र कुशे गाउँपालिका–५ बाट वडा सदस्य शुसीला कामीले एकीकृत समाजवादी रोजेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

प्रतिक्रिया दिनुहोस !