प्रदेशका सभामुखले बदलेनन् दल, निर्वाचन आयोग र अध्यादेशमा के छ ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रावधानअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आज साँझ ५ बजेसम्ममा दल रोजिसक्नपर्ने थियो । ७७ जिल्ला र सातवटै प्रदेशमा एमाले र जसपाबाट प्रतिनिधित्व गर्ने दलले कुन दलमा जाने भनेर निर्वाचन कार्यालय पुगेर सनाखत गरिसकेका छन् ।

तर, प्रदेशसभाका सभामुखहरुले भने दल रोज्ने विषयमा चासो नै दिएनन् । सभामुखमा निर्वाचित भएपछि दलीय सदस्यता त्याग गर्नुपर्ने व्यवस्था भएपनि निर्वाचन आयोगको रेकर्डमा भने निर्वाचित भएको दलकै सदस्यता कायम रहन्छ ।

सभामुखहरुले दल नरोजेपछि अब सातमध्ये एमालेका चारजना र जसपाका एकजना सभामुखको दलीय हैसियत साविककै कायम हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ का सभामुख प्रदीप भण्डारी, बाग्मतीका सानुकुमार श्रेष्ठ, कर्णालीका राजबहादुर शाही र सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापा एमालेबाट निर्वाचित भएका हुन् । उनीहरू नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न निर्वाचन कार्यालय पुगेनन् ।

प्रदेश २ का सभामुख सरोज यादव तत्कालीन राजपाबाट निर्वाचित हुन् । उनीपनि सनाखतका लागि निर्वाचन कार्यालय गएनन् ।

सभामुखहरूले स्वतन्त्र हैसियतमा रहेकाले सनाखत गर्न नपर्ने बताएपनि निर्वाचन आयोगले भने सनाखत नभए निर्वाचित हुँदाको दल नै निर्वाचन आयोगको रेकर्डमा रहने बताएको छ ।  यो विषयमा सभामुख र आयोगको फरक फरक धारणा आएपनि सरकारले ल्याएको अध्यादेश भने मौन छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 97
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    97
    Shares

प्रतिक्रिया दिनुहोस !