एमसीसी वि रु’द्ध प्रचण्डले के भने र राजनीतिमा छायो तरङ्ग ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास नहुने बताएका छन् । आज वाइसिएलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी पास नहुने बताएका हुन् ।

‘एमसीसी पास हुँदैन,’ प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागी वाइसिएल नेता भने, ‘हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएकोमा जवाफ आएन । जवाफ नआएकाले एमसीसी पास हुँदैन ।’ एमसीसी पास नहुनेमा ढुक्क हुन समेत प्रचण्डले भनेका छन् ।

माओवादीले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुनै विषयमा सहमति नजनाउने बताए । उनले आफ्नो दलले राष्ट्रियतामा सधै अडान लिने गरेको समेत बताए ।

एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सक्रिय भइरहँदा सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फरक धारणा आएको हो । एमसीसीकी उपाध्यक्ष फतिमा जे. सुमर नेपाल आउनुभन्दा दुई दिनअघि प्रचण्डले एमसीसी पारित नहुने अभिव्यक्ति दिएपछि तरंग आएको छ ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी ५० करोड डलरको परियोजना हो । यो सम्झौता भएपनि संसदबाट पारित नभएसम्म कार्यान्वयन हुँदैन । तर, संसदबाट पारित गर्ने सवालमा विवाद छ ।

तनहुँका १३ जनप्रतिनिधिले एमाले छाडे- तनहुँमा १३ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरेका छन् । मंगलबारसम्म निर्वाचन आयोगले पार्टी रोज्ने समय दिएको थियो । जिल्लाका १३ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार एकीकृत समाजवादी रोज्ने पाँच जना वडाध्यक्ष र आठ जना वडा सदस्य छन् ।

शुक्लागण्डकी नगरपालिकाका चार र व्यास नगरपालिकाका एक जना वडाध्यक्षले एकीकृत समाजवादीको पक्षमा सनाखात गरेका छन् । शुक्लागण्डकी नगरपालिका–११ मा निर्वाचित पाँच जना जनप्रतिनिधिले एमाले परित्याग गरी समाजवादीमा लागेका छन् ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने शुक्लागण्डकी–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, ७ का वडाध्यक्ष रामबहादुर थापा क्षेत्री, ११ का वडाध्यक्ष दलबहादुर थापा र व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्व न्यौपाने छन् ।

शुक्लागण्डकी–५ का वडा सदस्य थमबहादुर थापा, वडा नम्बर ९ का वडा सदस्य दिलबहादुर थापा, वडा नम्बर ११ कि दलित महिला सदस्य डोलमाया विक, रिताकुमारी भुजेल थापा, सानुमाया महत र थमन आलेले एमाले परित्याग गरेका छन् ।

यस्तै, व्यास–४ का वडा सदस्य मनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका–६ का वडा सदस्य सञ्जय गुरुङ पनि समाजवादीमा खुलेका छन् । वडा तहबाट एमाले परित्याग गरेका यी जनप्रतिनिधि त्यति प्रभावशाली मानिँदैनन् ।

तनहुँका १० स्थानीय तहमध्ये प्रमुख र उपप्रमुखमा एमालेबाट ३/३ जना निर्वाचित भएका थिए । प्रमुख उपप्रमुख भने मुलघरमै बसेका छन् । यसअघि एमालेमा माधव कुमार नेपाल पक्षधर भनेर चिनिएका घिरिङ गाउँपालिका उपाध्यक्ष सरस्वती घिमिरे सिग्देल पनि पार्टी विभाजनपछि संस्थापन एमाले नै रोजेकी छन् ।
१० स्थानीय तहका ८५ वडामा एमालेका एक सय ८१ जना निर्वाचित भएर जनप्रतिनिधि बनेका थिए । अब एक सय ६८ जना जनप्रतिनिधि मुल पार्टीमा रहेका छन् ।

गण्डकी प्रदेशसभामा एमालेबाट तनहुँका दुई जना निर्वाचित भएका थिए । दुवै जना संस्थापन पक्षमा अडिग देखिए । गण्डकी प्रदेशमै एकीकृतका सांसद शून्य छन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) र समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य कलिला खातुन समाजवादीमा लागेका छन् । केपी ओलीनिकट मानिएका किसान समाजवादीमा लागेकाले उनको प्रभावका कारण जिल्लामा थोरै भए पनि संस्थापन पक्षलाई प्रभाव पार्ने आंकलन हुन थालेको छ ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य केदार सिग्देल भने संस्थापन पक्षमै छन् । १५ भदौदेखि पार्टी सनाखत गर्न निर्वाचन आयोगले समय दिएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 69
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

प्रतिक्रिया दिनुहोस !