संखुवासभा घटनामा नयाँ मोड: घरभित्र अर्को प्रमाण फेला पर्यो,जुत्ता, चप्पल कसरी लगाउन भ्याए ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौ । संखुवासभा घटनामा प्रहरीलाई नै अलमल पार्ने अर्को प्रमाण फेला परेको छ । वैदेशिक रोजगारीमा रहेका दुई नातीले पैसा पठाएको र झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारीमा रहेको सूचनाका कारण घटना भएको अनुमान गरेको प्रहरी त्यती बेला छक्क पर्यो जब घरमा भएको सबै सुनचाँदी र सम्पत्ती सुरक्षित फेला परे ।

संखुवासभाको कार्की परिवारका ६ जना मृ त फेला परेको घटनामा अब प्रहरीले फरक ढंगवाट अनुसन्धान गर्नुपर्ने भएको छ । प्रहरीले मंगलबार साँझसम्म गरेको अनुसन्धानले घटनामा लु ट पा ट वा आर्थिक विषय जोडिएको आशंकालाई कमजोर बनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसारे घरमा कोही व्यक्ति ज ब र ज स्ती प्रवेश गरेको देखिएको छैन ।

घरभित्र भएका सम्पत्ति जस्ताका तस्तै छन् । अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालका अनुसार घरमा ४ लाख ७१ हजार रुपैयाँ नगद भेटिएको बताए । महिलाहरुले लगाएका सुनका गहना पनि लगिएको छैन ।

घरमा राखेका सुन पनि सुरक्षित छन् । प्रहरीले अब आर्थिक पाटोवाट नभई अरु कुनै कारणले घटना भएको हुनसक्ने अर्को अनुमान गरेको छ । अब अनुसन्धान त्यसरी नै गर्नुपर्ने भएको छ । घटनामा चोरीको विषय नजोडिएपछि अनुसन्धान थप जटिल बनेको अधिकृतहरु बताउँछन् ।

घटनामा अर्को रहस्यमय पाटो भनेको नजिकै रहेका छिमेकीले किन थाहा पाएनन् भन्ने पनि हो । तीन सय मिटर पर घर भएका छिमेकीले घटना थाहा नपाउनु पनि रहस्यमय छ ।  सोमबार घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले संघीय प्रहरी कार्यालय, धरानबाट कुकुरसहितको टोली र फेरेन्सिक सम्बन्धी तालिम प्राप्त चिकित्सकलाई घटनास्थलमा लगेको थियो । कुकुरले पनि कुनै संकेत नदिएपछि प्रहरीलाई थप कठिन भएको छ ।

चिकित्सकले श वको प्रकृति हेरेर बिहान झिसमिसमा घटना भएको हुनसक्ने अनुमान गरेका छन् । प्रहरी पनि खेतमा मृ त भेटिएका ५१ वर्षीय तेजबहादुर कार्कीको खुट्टामा बुट भएकाले बिहान घटना भएको हुनसक्ने बताउँछ ।

अधिकांशको श व घर वाहिर फेला परेका कारण घटना पनि घर बाहिर भएको हुनसक्ने अनुमान छ । तर घरकी ८४ वर्षकी पार्बती कार्कीको शव भने घर भित्रै फेला परेको थियो ।चिकित्सकले दिएको रायपछि अनुसन्धानमा संलग्न अधिकृतहरुले पछाडिबाट लौरो वा मुंग्रो, चिर्पट प्रयोग गरेको देखिएको बताइएको छ ।

प्रहरीका अनुसार ५२ वर्षीय तेजबहादुर, उनकी श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको श व तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो ।

गाउँमा नयाँ व्यक्ति आए कि भन्ने पाटोमा पनि छानविन भइरहे पनि कसैले बताएका छैनन् । बरु प्रहरीले घटना भएको आसपासको समयमा त्यसक्षेत्रमा सक्रिय मोबाइल फोनहरुको विश्लेषण गरिरहेको छ । त्यसबाट केही सुराक हात लाग्न सक्ने प्रहरीको अनुमान छ ।

जुत्ता, चप्पल उनीहरूले कसरी लगाउन भ्याए ? – संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको ह’ ‘त्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो ।

घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि विभिन्न स्थानमा छरपस्ट भेटेका थिए । जिल्ला प्रहरीले मात्र घटनाको पर्याप्त अनुसन्धान गर्न नसक्ने देखेपछि संघीय प्रहरी एकाइ धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको विज्ञ टोलीलाई बोलाइएको थियो । सो टोलीले घटनास्थलको सूक्ष्म अध्ययन गरेपछि शव पोस्टमार्टमका लागि मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

घटनाको थप अध्ययनका लागि तालिम प्राप्त कुकुरसहितको विज्ञ र प्रहरी टोली अभियुक्त पत्ता नलागेसम्म घटनास्थलमा नै रहने जनाइएको छ । घटनालाई थप अध्ययन तथा घटनासँग सम्बन्धितलाई पक्राउ गर्न सीआईबीको टोली पनि घटना स्थलमा आइसकेका छन् ।

प्रहरी र स्थानीयको जानकारीअनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घरनजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ । बौद्धमानका अनुसार सपरिवार बेलुका ६-७ बजे तिर खाना खाएर सुतेका थिए ।

घटनामा परेकाहरूको शवको अवस्था हेर्ने हो भने तेजबहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य पाँच जनाले चप्पल, स्यान्डल लगाएका थिए । सोबमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्न सक्ने स्थिति छैन ।

यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरू चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो । घटना बिहानैको हो भने पनि भा’गदौ’ड गर्दा जुत्ता, चप्पल उनीहरूले कसरी लगाउन भ्याए ?

ह’ ‘त्या गरिएका ६ जनाको नै टाउकोमा सामान्य चो’ट र र’ग’त जमिएको पाइएको छ । ह’ति’या’र प्रयोग गरी ह’ ‘त्या गरिएको भनिए पनि त्यस्तो देखिँदैन । उनीहरूको शव घो’प्टो परेको अवस्थामा थियो ।

जीवित रहेका बौद्धमानका अनुसार उनी घटनाको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् । बिहान उठ्दा घरमा कोही नदेखेपछि खोजी गरेको तर कोही नदेखेपछि सुतेकै ओछ्यानमा फर्किएको उनको भनाइ छ ।

पछि श्रीमतीलाई ओछ्यानमा गएर उठाउन खोज्दा नउठेको र यो बिहान करिब ८ बजेको समय हाराहारीको भएको उनको भनाइ छ । बौद्धमानका अनुसार पार्वतीलाई मु’र्छा पर्ने पुरानै रोग थियो । निकैबेरपछि पनि पार्वती नउठेपछि बौद्धमानले श्रीमतीको मृत्यु भइसकेको जानकारी पाएका थिए ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वती, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको ह’ ‘त्या भएको थियो ।

सा’मू’हि’क ह’ ‘त्या गरिएका कार्की परिवारको घरभित्रै नगद र गहना फेला परेको छ । घर खानतलासीका क्रममा ४ लाख ७१ हजार रुपैयाँ नगद र केही गहना फेला परेको हो । अनुसन्धानमा सं’लग्न एसपी भीमप्रसाद दाहालका अनुसार घरभित्र रहेको बाकसमा ४ लाख ७१ हजार रुपैयाँ नगद, नौगेडी, पोतेमा लगाएको सुनका गहना सुरक्षितसाथ भेटिएको छ ।

बाकसमा जसरी राखिएको थियो त्यस्तै अवस्था पाइएको छ । प्रहरीले कार्की परिवार झापामा जग्गा पास गर्ने तयारीमा रहेको जानकारीका आधारमा ह’ ‘त्या आर्थिक कारणबाट पनि गरिएको हुन सक्ने आ’शंका गरेको थियो । तर, घरमा नगद र गहना फेला परेपछि अन्य नै कारण हुन सक्नेतर्फ अनुसन्धान सोझिएको प्रहरी स्रोतले जनाएको छ । राजधानी दैनिकमा यो खबर छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 264
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    264
    Shares

प्रतिक्रिया दिनुहोस !