कुलमानलाई ओलीले गम्भिर आरोप लगाए

काठमाडौ, काठमाडौ लगायत मुलुकका धेरै ठाउँमा १८ घण्टा सम्मको लोडसेडिगं हटाएर झलमल पारेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सबैले वाहवाही गरे । उनको कार्यकाल सकिएपछि पनि पुन नियुक्त गर्नुपर्ने माग सबैतिरवाट उठ्यो । तर तत्कालिन ओली सरकारले उनलाई पुन दोहोर्याएन । तर शेरवहादुर देउवा प्रधानमन्त्री बनेपछि उनलाई फेरी विद्युत प्राधिकरणमा ल्याइएको छ ।

देउवा सरकारले पुन कार्यकारी निर्देशक बनाइएका कुलमानलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भिर आरोप लगाएका छन् । उनले कुलमानलाई नक्कली विद्युत् ट्रान्सर्फमर किनेको आरोप लगाएका छन् ।

नक्कली ट्रान्सर्फमर किनेकाले ट्रान्सफर्मरहरु थन्किएको दावी गर्दै उनले त्यस्तै व्यक्तिलाई सरकारले खोजी(खोजी प्राधिकरणमा ल्याएको टिप्प्णी गरे । सोमबार पोखरामा भएको पार्टीको कार्यकर्ता भेलामा बोल्दै ओलीले भनेका छन्, ‘एमाले आउनुअघि ल्याएको डुप्लिकेट ट्रान्सफर्मरको हेटौंडामा अहिले शहर नै छ, पैसा हालेर किन्यो, काम नलागेर राखेको । शहरैजस्तो छ ट्रान्सर्फमरको,’ उनले भनेका छन्,’कति बिगाह जमिनमा ट्रान्सर्फमरै ट्रान्सफर्मर छ ।’

ओली सरकारले कुलमानलाई पुन नियुक्त नगरेर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । देउवा सरकारले हितेन्द्रलाई आयोगमा पठाएर प्राधिकरणमा पुन कुलमानलाई ल्याएको छ ।

ओली सरकारको यस्तो कामको ओलीले विरोध गरेका छन् । कुलमान घिसिङलाई प्राधिकरणका नियुक्त गरिएको र प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई अन्यत्रै नियुक्त गरिएकोप्रति उनले असन्तुष्टि पनि व्यक्त गर्दै यस्तो टिप्पणी गरेका हुन् । अहिलेको सरकार ‘बहादुर’ भएको भन्दै ओलीले नक्कली ट्रान्सफरमर ल्याउने ब्यक्तिलाई खोजी खोजी ल्याएको टिप्पणी गरे ।

‘सहज ढंगले त्यस ठाउँमा हकका साथ पुगेको मान्छेलाई गैरकानुनी ढंगले विस्थापित गर्छ । त्यो पनि मु द्दा छ अदालतमा,’ ओलीले भनेका छन् । प्राधिकरणको हेटौंडास्थित केन्द्रिय भण्डारका प्रमुख बुद्धकुमार कार्कीले प्राधिकरणले पछिल्लोपटक ल्याएको ८ हजार ट्रान्सफर्मर गुणस्तरयूक्त प्रमाणित भएर लाइनमा जोडिइसकेको कार्कीले बताएका छन् । उनले ओलीको सो कुरा तथ्यमा आधारीत नभएको संकेत गरेका छन् ।

कार्कीका अनुसर ७० वटा जति मात्रै ट्रान्सफर्मर तत्कालै प्रयोग गर्न सकिने अवस्थामा छन् । प्राधिकरणका विभिन्न आयोजनाहले खरिद गरेर राखेका करिब ७० वटै ट्रान्सफर्मर पनि प्राधिकरणमा छन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार