वाग्मती प्रदेशमा ११ जना मन्त्री थप्ने तयारीमा मुख्यमन्त्री शाक्य, को को बन्दैछन् मन्त्री ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन् । सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्री थप्ने तयारी भएको हो ।

मन्त्री र राज्यमन्त्री गरी ११ जना थपेर मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेको निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।मन्त्री छान्नका लागि मुख्यमन्त्रीको सरकारी निवासमा नेकपा एमालेको बैठक बस्दैछ ।

आज मन्त्रीमा नियुक्त हुने अधिकांश अनुहार नेकपा एमालेका तेस्रो धारमा रहेका सांसद नै रहने स्रोत बताउँछ । मन्त्री बन्नेहरुमा सिन्धुलीबाट निर्वाचित नेकपा एमालेका सांसद प्रदिप कटुवाल, रामेछाप निर्वाचन क्षेत्र भएका शान्तिप्रसाद पौडेल, दोलखाकी रचना खड्का र चितवनका विजय सुवेदी लगायतको नाम चर्चामा छ ।

त्यस्तै मकवानपुरबाट समानुपातिक तर्फकी सांसद जुनेलीमाया श्रेष्ठ पनि राज्यमन्त्री नियुक्त हुने स्रोत बताउँछ । नियुक्त हुने मन्त्रीहरुको शपथ ग्रहण केहीबेरमा गर्ने तयारी भइरहेको नेकपा एमालेका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

पार्टी विभाजनमा माधवकुमार नेपाल समूहलाई साथ नदिएर एमालेमै बसेकाहरु मन्त्री बन्ने प्राथमिकतामा छन् ।गएको भदौ २ गते नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार अल्पमतमा परिसकेको छ ।

वाग्मतीमा ५६ मध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि उनको सरकार अल्पमतमा परेको हो । उनले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 52
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

प्रतिक्रिया दिनुहोस !