एमालेले सोध्यो सभामुखलाई प्रश्न – दल विभाजनमा किन भूमिका निर्वाह गरेको ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ: संसद बैठकमा एमालेका सांसदहरुले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।

सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाले एमाले टुक्र्याउन सहयोगी भूमिका खेलेको भन्दै जवाफ समेत माग गरेका हुन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले एमालेले कारवाही गरेका सांसदहरुको सम्बन्धमा सूचना नदिएको भन्दै अनुत्तरित प्रश्न सृजना भएको बताए ।

उनले भने, ‘सभामुखको आसनबाट जवाफ खोजिरहेका छौँ । यथोचित जवाफ नपाउन्जेल संसद अगाडि बढ्न दिँदैनौं ।’ उनले सभामुखसँग भेट गर्दा पनि यस विषयलाई वास्ता नगरेको भन्दै आक्रोश व्यक्त गरे।

‘यसअघिको नजिरलाई हेर्दा पनि माननीय सरिता गिरीलाई सूचना जारी गरेर निष्कासन गर्नुभएको थियो । २०७७ साल चैत २४ गते दर्ता भएको तत्कालीन माओवादी केन्द्रका चार जना सांसदहरुको हकमा निष्कासनसँग सम्बन्धित पत्र २४ घण्टा नबित्दै संसद बैठकमा पढेर सुनाउनुभएको थियो । त्यो नियम नेकपा एमालेमा लागु हुन्छ कि हुँदैन ?’ एमाले प्रमुख सचेतक भट्टराईले सोधे ।

उनले सभामुख सापकोटाप्रति लक्षित गर्दै सबै दलहरुलाई समान व्यवहार नगरिएकोमा असन्तुष्टि व्यक्त गरे । एमालेले कारवाही गरेका सांसदलाई नहटाइएकोमा सभामुखलाई दल विभाजनको मतियार बनेको आरोप लगाए ।

सभामुख सापकोटाले जवाफ दिँदै कानून बमोजिम निर्णय लिएको बताएका थिए । उनले प्रतिनिधिसभा नियमावली खण्ड नियम २१ को खण्ड ‘क’ र ‘ग’ आकर्षण गराएका थिए । भट्टराईले बोलेपछि एमाले सांसदहरुले नारावाजी गर्दै बैठक अवरोध गरेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 69
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

प्रतिक्रिया दिनुहोस !