एमसीसी प्रतिनिधि मण्डल र ओलीबीचको भेटवार्तामा के-के भयो कुराकानी?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीचको भेटवार्ता सकिएको छ ।

दिउँसो दुई बजेदेखि ओलीनिवास बालकोटमा भएको भेटवार्ता केहीबेर अघि सकिएको हो । करिब एक घण्टासम्म भएको संवामा ओलीले एमसीसीबारे तत्काल धारणा नबनाउने तर सत्तापक्षको स्पष्ट धारणा नआएसम्म नबोल्ने बताएका छन् ।

आफूहरु सरकारमा रहँदा पनि सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै ओलीले सत्तारुढ दलहरु र सरकारले अहिलेसम्म एमालेसँग यसबारे कुनै परामर्श नगरेको पनि उपाध्यक्ष सुमारसँग बताएका थिए ।महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सुमारसहितको टोली सिधै बालकोट पुगेर ओलीसँग वार्ता गरेको हो।

सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि बालकोट पुगेका थिए। सुमार नेपाल आएपछि सबैभन्दा पहिले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरेकी हुन्। बिहीबार बिहान काठमाडौं आएको यो टोलीले ओलीपछि अन्य राजनीतिक भेट गर्दै छ। ओलीसँग भेटेपछि फातिमा सुमारको टोली होटल याक एण्ड यतिस्थित एमसीए नेपालको कार्यालयमा आउने बताइएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।
सेयर गर्नुहोस
  • 63
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    63
    Shares

प्रतिक्रिया दिनुहोस !