रामकुमारी झाँक्री र योगेश भट्टराई जिस्किएको भिडियो सामाजिक संजालमा भाइरल (भिडियो सहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – योगेश भट्टराई र रामकुमारी झाँक्री जिस्किएको भिडियो भाइरल बनेको छ । बुधबारको संसद बैठकपछि संसद भवनमा उनीहरु जिस्किएको भिडियो भाइरल भएको हो ।

काननी रुपमा योगेश भट्टराई र रामकुमारी झाँक्री अलग दलका सांसद हुन् । संसदमा भेट हुँदा उनीहरु जिस्किएका हुन् । उनीहरु दुई जनासँग अर्का सांसद गणेशकुमार पहाडी पनि थिए ।

एमाले विभाजनपूर्व उनीहरु तीनै जना माधवकुमार नेपालको समूहमा थिए । एमाले विवाद उत्कर्षमा पुग्नु केही पहिला गणेशकुमार पहाडी बालुवाटार प्रवेश गरे ।

उनलाई ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाए । एमाले विवाद उत्कर्षमा पुग्दै गर्दा योगेश भट्टराई बालकोट पुगे र एमालेको अध्यक्ष केपी ओलीलाई आफ्नो साथ रहेको बताए ।

यता रामकुमारी झाँक्री भने माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगिन् र नेकपा (एस) दर्ता गराइन् । त्यसै पार्टीविरुद्ध पछिल्लो समय एमाले आयोगदेखि अदालत हुादै सभामुख सापकोटाविरुद्ध सडकदेखि सदनसम्म आक्रोश पोखिरहेको छ ।

प्रतिनिधिसभा बैठकपछि योगेश र गणेश कुराकानी गरिरहेको ठाउँमा रामकुमारी पुगिन् । जहाँ उनीहरूले तस्बिर खिचाए र पत्रकारहरूसँग कुराकानी गरे ।

प्रतिनिधिसभा बैठकमा आफूहरूलाई अनधिकृत भन्दै खगराज अधिकारीलगायतले लगाएको नाराले हाँसोसँगै रिस पनि उठेको रामकुमारीले बताइन् ।

योगेशले ठट्यौली गर्दै थपे, ‘कोल्याप्स गरिदिउँ लाग्यो कि क्या हो ?’ त्यसमा रामकुमारी सही थपिन, ‘हो कोल्याप्स नै गरिदिउँ जस्तो लाग्यो ।’त्यसपछि पत्रकारहरूले प्रश्न गर्यौं– न त रामकुमारीहरूलाई पदमुक्त गर्न भनेर नारा लगाउनुभयो न ढ्यापढ्याप गर्नुभयो किन ?

योगेशले इशारा गर्दै जवाफ दिए, ‘मनबाट आउनुपर्यो त्यसपछि दिमागमा सन्देश जानुपर्यो र हातसम्म सन्देश पुग्नुपर्यो । अहिले त्यस्तो मनमा नै लागेको छैन ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.3K
  •  
  •  
  •  
  •  
  • 0
  •  
  •  
    1.3K
    Shares

प्रतिक्रिया दिनुहोस !