एजेन्टले फ’सा’एर कुवेत पुर्‍याएकी छोरी एक वर्षदेखी सम्पर्क बिहीन (भिडियो)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

झापा जिल्ला शिव सतासी वडा नम्बर एक धरमपुर भन्ने ठाउँका एकजना आमा बुबाले आफ्नो छोरी कुवेत गएको अन्दाजी चार-पाँच वर्ष जति भैसकेको तर अहिलेसम्म घर नफर्केको भनी मिडियालाई जानकारी गराएपछि उनीहरू सँग कुराकानी गर्न भनी पत्रकार त्यहाँ पुगेका थिए।आमाको अनुसार छोरीले गएको दुई वर्षसम्म त पैसा पनि तीन लाख जति पठाइन् र सम्पर्क पनि बेलाबेलामा गरिरहन्थिन्।

गत साल उनले कुवेतबाटै आफू काम गर्ने साहुनीको नम्बरबाट कल गरेर अब लक डाउन भएको कारण तत्काल आफू आउन नसक्ने र फाल्गुन चैततिर आउने जानकारी गराएकी थिइन्।कुवेतमा नेपालबाट डाइरेक्ट जान मिल्दैन थियो।

उनी आफ्नो श्रीमानसँग बिछोड भैसकेपछी गाउँकै एकजना कञ्चन भनिने महिलाको सम्पर्कबाट धरान घर भएका एकजना तामाङको मातहतमा उनी त्यहाँ पुगेकी थिइन्।

बुबा पनि विदेश भएको बेला पासपोर्ट बनाएर इण्डिया हुँदै कुवेत पठाइएको थियो र लाग्ने लागत पनि उनले कसैसँग भनेर मिलाएकी थिइन्।आमालाई कुवेत जाँदा के गर्ने,कानूनी वा गैरकानुनी के छ भन्ने कुरा समेत केही थाहा थिएन।उनी अहिले छोरी सम्पर्कबिहीन भएका कारण कम्तीमा आफूलाई फोन गरेर आफू यहाँ छु भनिदिए नि हुन्थ्यो र म मेरो मनलाई ढुक्क बनाउने थिएँ भन्दै रुँदै आग्रह गर्दछिन्।

छोरीले पछिल्लो समय फोन गर्दा आफूलाई बस्न निकै गाह्रो भएको र राम्रोसँग खान समेत नपाएको,अब कसरी फर्केर नेपाल आउने होला भनेर फोनमा कुरा गरेको आमा बताउँ छिन्।उनको नाम अमृता सुनाम हो भने उहाँ चाहिँ उनलाई माया भनेर पनि चिन्ने गरेको आमाले बताउनुभयो।उनी पचास सलकी हुन् भने अहिले अठ्ठाइस बर्ष पुगेकी छिन्।

आमा भन्नुहुन्छ अब त छोरी जि’उँदो छे भन्ने आश समेत हराइसकेको छ।जानकारीमा आएको अनुसार उनले पहिले को आफ्नो श्रीमानसँग पनि फोनमा कुरा गर्न थालेको बुझिएको छ।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार