को हुन्, संसदमा मर्यादापालकको काँधमा चढेर अर्थमन्त्री कुट्न खोज्ने ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । शुक्रबार संसद भवन बैठकमा अचम्मका दृश्यहरु देखिए । कोही सांसदहरु सभामुखतिर अघि झम्टने, कोही गालीगलौज गर्ने, कोही मर्यादापालकको काँधमा चढेर सभामुखको सिटतिर झम्टिन खोज्ने । यस्तै यस्तै दृश्यहरु देखिए ।

त्यसरी सभामुखतिर झम्टिन खोज्ने सांसदहरु थिए, प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु । पार्टीले माधव नेपालसहित १४ सांसदलाई कारवाही गरेको भनि संसदलाई जानकारी गराउँदा पनि सभामुख अग्नि सापकोटाले कारवाहीबारे केही जानकारी नगराएपछि सांसदहरु यसअघि पनि संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

शुक्रबार पनि एमाले सांसदहरु सभामुखको व्यवहार मुर्दावादलगायतका नाराहरु लगाउदै संसद अवरुद्ध पारेका थिए । तर, दुई पटकको संसद अवरुद्धपछि सभामुख सापकोटाले आफ्नो रफ्तार बढाए । र, आजै ओली सरकारले ल्याएको २०७८/७९ को बजेट संशोधन पनि अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरे ।

हो, उक्त दृश्य यहीँ हो । जहाँ देख्न पाइन्छ, एमाले सांसदहरु कति क्रुद्ध थिए भनेर । उनीहरुले आफ्नो सरकारले ल्याएको बजेट संशोधनप्रति आपत्ति जनाउँदै सभामुख सापकोटा र अर्थमन्त्री शर्मातिर झम्टिन खोजेका थिए ।

यसैक्रममा एमालेको एक सांसद जो मर्यादापालकको काँधमाथि चढेर रोष्टमतिर आक्रमण गर्न खोज्दै थिए । तर, मर्यादापालकले उनलाई समाएर । अघि बढ्न दिएनन् । उनी थिए–एमाले सांसद नारदमुनी राना ।

सांसद रानी तिनै हुन्, जस्ले २०७४ को चुनावमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई कैलाली–५ बाट हराएर संसदमा प्रवेश गरेका थिए । उनै सांसद राना शुक्रबार संसदमा उग्र रुपमा प्रस्तुत भए । राना पूर्व वनमन्त्रीसमेत हुन् ।

राना पूर्वसहायक मन्त्री बनेकी आशा विक, सांसद नरबहादुर धामीललगायत सांसदको बुइमा चढेर रोष्टमतर्फ जान खोजेका थिए । मर्यादापालकले उनको कदमलाई सफल पार्न दिएनन् । उनीसँगै अन्य सांसदहरु पनि मर्यादापालकहरुको काँधमा चढेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार