CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
अस्पतालको फार्मेसीमा बील तीर्न नसक्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अलपत्र सुत्केरीको श-व पाँच दिनपछि घर ल्याएर अन्त्ये’ष्टि गरिएको छ। सर्लाहीको हरिपुर्वा नगरपालिका ८ वसन्तपुरका रामचन्द्र माझीकी २८ वर्षीया श्रीमती पुनम माझीको गएको शनिबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको थियो।
गाउँलेले चन्दा संकलन गरेर जल्पा फार्मेसीको ८० हजार रुपैयाँ बील तिरेर पुनमको श’व घरमा ल्याई बुधबार राति अन्त्ये’ष्टि गरिएको स्थानीय राहुलराज यादवले जानकारी दिए। उपचारको क्रममा शनिबार साँझ मृ’त्यु भएपछि अस्पतालको गेटमा अरविन्द्र यादवले सञ्चालन गरेको निजी जल्पा फार्मेसीले पहिला औषधिको २ लाख ५ हजार रुपैयाँ तिरेर मात्र श’व उठाउन भनेका थिए। विपन्न दलित परिवार फार्मेसीको रकम तिर्न नसक्दा पुनमको श’व पाँचदिन अस्पतालमै अ’लप’त्र परेको थियो।
श’व फार्मेसीले ल्याउन नदिने भनेपछि गाउँका युवा राहुलराजको नेतृत्वमा ८० हजार रुपैयाँ चन्दा संकलन गरिएको थियो। रामचन्द्रका अनुसार ८० हजार बुझाएर श’व घर लग्न खोज्दा पनि फार्मेसीले रोकेको थियो। तर पछि बाँकी रकम भुक्तानी गर्ने शर्तमा श’व घर ल्याउन दिएको रामचन्द्रले बताए। फार्मेसी सञ्चालकले ध-म्का’एपछि रामचन्द्र अस्पताबाट पत्नीको श’व लग्न सकेका थिएनन्।
पुनमलाई सु’त्के’री व्य’था लागेपछि भदौ पहिलो साता जनकपुरको पी’डारीचोक स्थित रहेको मधेश हस्पिटलमा श-ल्यक्रि-या मार्फत २ शिशु (छोरा) लाई जन्म दिएकी थिइन्। श-ल्यक्रि-यामै गरेको त्रुटिको कारण पे-ट फु-ल्न थालेपछि उनलाई भर्ना भएको भोलिपल्ट हस्पिटलले नै दबाबमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको थियो।
पुनमको गएको शनिबार साँझ मृ-त्यु भएको हो। यद्यपी पुनमले जन्माएको जुम्ल्या-हा शिशुको अवस्था समान्य छन्। विपन्नताको कारण दुवै शिशुको स्याहारमा समस्या हुने आफन्त र स्थानीयको चिन्ता छ। etajakhabar
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।