दुर्गेश थापा र गीता ढुङगानाको अभिनय रहेको एउटा उत्कृष्ट गीत ‘सालको पात उडायो बतासैले’ (भिडियो सहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाली लोकसांगेतिक बजारमा हरेक दिन जसो नयाँ गीतहरु बजारमा आइरहेका हुन्छन् । एकपछि अर्को गर्दै कलाकारले गीतहरु सार्वजनिक गरिरहेका छन् ।

हरितालिका तीजको समापन सँगै अब फेरि गीतहरु बजारमा आउनेक्रम बढेको छ । चाडपर्व विशेष गीतको एउटा आफ्नै समय हुन्छ भने सदाबहार गीतहरुको एकनासको समय मानिन्छ ।

बिशेष गरेर माया प्रेम र बिछोडका गीतहरु कलाकारले बढी ल्याउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले अत्यधिक रुचाउछन् । बहुप्रतिभावान सर्जक रमेश परियारको ‘सालको पाल उडायो बतासैले’ बोलको गीत हिजो साँझमात्रै सार्वजनकि भएको छ । भिडियोसहित सार्वजनिक गीतमा गायक बसन्त थापा र गायिका अमृता नेपालीको स्वर रहेको उक्त गीतमा परियारकै शब्द र संगीत रहेको छ ।

‘यति अत्यास मायाको लाछ
पानीभीत्रै सास फेरे झैं भाछ
बतासैले, सालको पात उडायो बतासैले, मेरो मन चुडायो अतासैले’

यी शब्द रहेको गीतमा दुई प्रेम गर्ने जोडीको प्रेमलाई मुख्य विषय बनाइएको छ । प्रेमी जोडी दुरिले टाढा भएपछि याद र मायाले अताएको भावमा कलाकार दुर्गेश थापा र गीता ढुङगानाको अभिनय रहेको छ ।

माया प्रेम, बिछोड र मौलिक सबै विधाका गीत सिर्जना गर्दै आएका सर्जक परियारका यो भन्दा अगाडि पनि थुप्रै गीतहरु बजारमा आएका छन् जस्लाई दर्शकश्रोताले अत्यधिक मन पराएका पनि छन् । उहाँले सिर्जना गरेका हरेक गीतमा मौलिक पन र फरकपन भेटिन्छन् ।

यस गीतमा पनि केहि नयाँपन दिन खोजेका सर्जक परियारले अघिल्ला गीतहरुजस्तै यो गीतलाई पनि दर्शकश्रोताले मन पराइदिनीमा आफू आशावादी रहेको बताए । हरेक विषयबस्तुलाई शब्दमा उतार्न सक्ने क्षमता भएका सर्जक परियारको शब्द संगीतमा करिव तीन सय जति गीत बजारमा आइसकेका छन् ।

पुराना देखि नव कालकारसम्मले उनका सिर्जनामा स्वर भरिसकेका छन् । वियोगान्त, रमाइला, ठट्यौली सबै विषयबस्तुमा कलम चलाउदै आएका उनको शब्द तथा संगीतमा थप गीतहरु आउनेक्रममा छन् ।

यहि गीत लेखन र संगीतलाई आफ्नो पेशा बनाएका परियारले आगामी दिनमा यहि क्षेत्रमै आफूलाई समर्पित गर्ने पनि बताएका छन् ।काजिश श्रेष्ठको निर्देशन रहेको गीतलाई गायक बसन्त थापाको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ । गीतले दर्शकश्रोताको मन जितोस हाम्रो कामना ।

भिडियो हेर्नुहोस:

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार