(रील माण्डु – ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
इटहरी/ नेपाली चलचित्र उधोगमा अभिनेत्रीहरुको धेरै चर्चा हुने गर्छ । अभिनयको चर्चा भन्दा पनि उनिहरुको अनेक गतिविधि र हर्कतका कुराहरुले मिडिया र सामाजिक संजाल तातिन्छ ।
यतिबेला प्रायः अभिनेत्रीहरु शान्त छन् वा भनौ आफ्नै घरायसी काममै ब्यस्त छन, कारण चलचित्र क्षेत्रमा अझै पनि काम गर्ने सहज वातावरण बनिसकेको छैन । तर, अभिनेत्री पुजा शर्मा भने चर्चा र आलोचनाबाट बाहिरिन सकेकी छैनन् ।
यतिबेला उनी निर्माता निर्देशक सुदर्शन थापाले इङेजमेन्ट गरेपछि पनि चर्चामा आएकी छन् । सुदर्शनको नजिकको ब्यक्ति पुजालाई निम्तो नआउनु, जस्लाई पुजाले नै स्विकारेकि छन् । र उनको इङेजमेन्टको दिन आफू काठमाडौ बाहिर म्युजिक भिडियो छायांकनमा जाने कुरा । तर, सो दिन उनी आफ्नै घरमा रहनुले उनिहरुको सम्बन्धबिच ठुलै बाध बनेको बुझ्न सकिन्छ । त्यसैले पनि उनी मिडिया र युट्युबरको नजरमा परिन् ।
जस्लाई उनले खप्नै सकिनन । आज बुधबार आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै मनको रोइलो पोखिन् । उनले लेखेकी छन् ‘मेरो नाम नलिइ खाना पच्दैन हो युट्युबर’ । पुजाले युट्युबरलाई तार्गेट गर्दै यो स्ट्याटस लेखिन् । तर, यतिबेला सो स्ट्याटसलाई डिलेट गरिसकेकी छन् । यो उनको पुरानै बानी हो । सायदै गाली सहन नसकेर हुन सक्छ, यस्तो शैलीको स्ट्याटस उनको फेसबुकमा लामो समय टिक्नै सक्दैन ।
जे होस्, सुदर्शन संग प्रेमका कारण नाम जोडिएपछि विवाह हुने सम्मको चर्चा चलेको थियो । तर, कथाले नया मोड लिएपछि पुजाको मिल्ने साथीको रुपमा रहेकी वर्षा सिवाकोटीसंग पनि पानी बाराबारको चर्चा छ ।
सुदर्शनको इङेजमेन्टमा वर्षा सिवाकोटी र राज कट्वाल पनि पुगेका थिए । त्यसैले पनि पुजा छुटिन् भन्ने हल्ला चलेको छ । पुजा भने यतिबेला युद्ध बानियाँसंग प्रेममा रहेको चर्चा छ । यी २ घुमघाममा पनि निस्कीरहेको बुझ्न सकिन्छ । एक अन्तरबार्तामा यी २ को प्रेमका बारे प्रश्न गर्दा शर्माले कुरा टारेकी छन् । जसका कारण पनि प्रेममा छिन् भन्न सकिन्छ ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।