फतिमालाई नसोचको फसाद बसिरहेको होटलमा एमसीसी विरोधी जम्बो टिम एकाएक छिरेपछि…(भिडियो)

स्वतन्त्र राष्ट्रिय अभियान तथा उन्नत लोकतन्त्र पार्टीका नेता–कार्यकर्ता होटल मेरियटबाट पक्राउ परेका छन् । मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई भेट्न होटल मेरियटमा पुगेका एडीपीका नेता–कार्यकर्ता पक्राउ परेका हुन् ।

होटल मेरियोटमा रुम बुक गरेर बसेका उन्नत लोकतन्त्र पार्टीका नेता–कार्यकर्ताहरूलाई मध्यरातमा कुटपिटसहित पक्राउ परेको जानकारी अध्यक्ष स्वागत नेपालले दिएका हुन् ।

होटेल मेरियट भित्रबाट मध्यराति १२ बजे प्रहरीले प्रवेश गरेर एडीपीका नेता–कार्यकर्तालाई पक्राउ गरेको हो। ‘दुई दर्जन जतिको संख्यामा प्रवेश गरेका साथीहरूलाई एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई अमेरिकी राष्ट्रपति जो वाइडेनका लागि दिन खोजिएको विरोधपत्र नदिन भन्दै प्रहरीले बल प्रयोग गरेर पक्राउ गरेको हो,’ नेपालले भने।

होटेल मेरियोटबाट उन्नत लोकतन्त्र पार्टी महासचिव कृष्ण प्रसाई, संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, इन्द्र कालिकोटे, रोशा नेपाल, संगीता सारथी घिमिरे, किरण सुनुवार, नरेन्द्र साह, राममणि नेपाल, सिन्धुपाल्चोक जिल्ला संयोजक नील लामा, रोल्पा जिल्ला सदस्य चन्द्र सन्यासी, श्रीकृष्ण फुयाल, काठमाडौं जिल्ला संयोजक मनोज फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सो क्रममा समाचार संकलन गर्न उपस्थित करिब एक दर्जन पत्रकारहरूमाथि समेत प्रहरीले धरपकड गरेको छ । सो क्रममा एभिन्युज टेलिभिजनको क्यामेरा समेत फुटेको छ ।

‘रातभर भए पनि त्यहीँ बसेर बिहान भए पनि विरोध पत्र बुझाउने र आफैँले बुक गरेको होटलमा बस्न समेत नदिई प्रहरीले होटेल सेवाको अन्तराष्ट्रिय मान्यता विपरीत बुक गरी बसेको होटेलबाट पक्राउ गरेको हो,’ अध्यक्ष नेपालले भने।

बिना कुनै होहल्ला शान्त रुपमा बसेर आफ्नो आफ्नो फेसबुकबाट आफूहरू शान्तिपूर्ण रुपमा विरोध पत्र बुझाउ सो होटेलमा रही व्यवस्थापनसँग फतिमासम्म पुग्न अनुरोध गर्दा पक्राउ गरिएकोमा उनले गम्भीर खेद व्यक्त गरेका छन् ।

‘हामीले पनि त्यहाँ पहिलादेखि नै होटेलका रुम बुक गरेका थियौं । उन्नत लोतकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानका स्वाधीनता सेनानीहरु दर्जनौंको संख्यामा होटेलभित्रै प्रवेश गरेर यो विरोध गर्न हिम्मत गर्नुहुने सम्पूर्ण स्वाधीनता सेनानीहरु प्रति हामी गर्व र सम्मानपूर्वक नमन गर्दछौं । पक्राउ पर्नु भएका सम्पूर्ण साथीहरुलाई तत्काल रिहा गर्न समेत माग गर्दै अन्यथा गम्भीर क्षति व्यहोर्नु पर्ने समेत जानकारी गराउँछौं,’ नेपालले भने ।

स्वागत नेपालले आफ्नो फेसबुक वालमा लेखेको स्टाटस जस्ताको त्यस्तै – होटेल मेरियोट भित्रबाट अहिले भर्खरै प्रवेश गरेर हामीले बुक गरेको रुमबाटै हाम्रा स्वाधीनता सेनानीहरुलाई प्रहरीले पक्राउ गरेको छ । दुई दर्जन जतिको संख्यामा प्रवेश गरेका साथीहरुलाई एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई अमेरिकी राष्ट्रपति जो वाइडेनका लागि दिन खोजिएको विरोध पत्र नदिन भन्दै प्रहरीले बल प्रयोग गरेर पक्राउ गरेको हो ।
होटेल मेरियोटबाट पक्राउ पर्नुहुनेहरुमा उन्नत लोकतन्त्र पार्टी महासचिव कृष्ण प्रसाई, संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, इन्द्र कालिकोटे, रोशा नेपाल, संगीता सारथी घिमिरे, किरण सुनुवार, नरेन्द्र साह, राम मणि नेपाल, सिन्धुपाल्चोक जिल्ला संयोजक नील लामा, रोल्पा जिल्ला सदस्य चन्द्र सन्यासी, श्रीकृष्ण फुयाल, काठमाडौं जिल्ला संयोजक मनोज फुयाल लगायत हुनुहुन्छ ।
सो क्रममा समाचार संकलन गर्न उपस्थित करिब एकदर्जन पत्रकारहरु माथि समेत प्रहरीले प्रहार गरेको थियो । सो क्रममा एभिन्युज टेलिभिजनको क्यामेरा समेत फुटेको छ ।रातभर भए पनि त्यहीँ बसेर विहान भए पनि विरोध पत्र बुझाउने र आफैँले बुक गरेको होटेलमा बस्न समेत नदिई प्रहरीले होटेल सेवाको अन्तराष्ट्रिय मान्यता विपरित बुक गरी बसेको होटेलबाट पक्राउ गरेको हो ।
बिना कुनै होहल्ला शान्त रुपमा बसेर आफ्नो आफ्नो फेसबुकबाट आफूहरु शान्तिपूर्ण रुपमा विरोध पत्र बुझाउ सो होटेलमा रही व्यवस्थापनसँग फतिमासम्म पुग्न अनुरोध गर्दा पक्राउ गरिएकोमा हामी गम्भीर खेद व्यक्त गर्छौं । हामीले पनि त्यहाँ पहिलादेखि नै होटेलका रुम बुक गरेका थियौं ।
उन्नत लोतकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानका स्वाधीनता सेनानीहरु दर्जनौंको संख्यामा होटेलभित्रै प्रवेश गरेर यो विरोध गर्न हिम्मत गर्नुहुने सम्पूर्ण स्वाधीनता सेनानीहरु प्रति हामी गर्व र सम्मानपूर्वक नमन गर्दछौं ।पक्राउ पर्नु भएका सम्पूर्ण साथीहरुलाई तत्काल रिहा गर्न समेत माग गर्दै अन्यथा गम्भीर क्षति व्यहोर्नु पर्ने समेत जानकारी गराउँछौं ।’
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।
सेयर गर्नुहोस
  • 145
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    145
    Shares

प्रतिक्रिया दिनुहोस !