योगेशको जिल्लामा फहरायो नेकपा (एस)को झण्डा, योगेश पत्तासाफ भएकै हुन् त ?

(रील माण्डु – ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

ताप्लेजुङ – ताप्लेजुङमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन भएको छ । छिरिङ लामाको अध्यक्षतामा ७२ जना सदस्य रहने गरी शनिबार कार्यसमिति गठन गरिएको हो ।

ताप्लेजुङको सदरमुकाम फुलिङमा आयोजित भेलाले उपाध्यक्षमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल भट्टराईलाई चयन गरेको छ । सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे चयन भएका छन् । पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा आयोजित भेलाले फुङ्लिङमा पार्टीको कार्यालयसमेत स्थापन गरेको छ ।

माधव नेपालले बोलाए केन्द्रीय समितिः के छन् एजेन्डाहरु ? – काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ ।

बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। खतिवडाका अनुसार हाल विवादमा परेको अमेरिकी परियोजना एमसीसीबारे पनि यही बैठकले आधिकारिक धारणा बनाउनेछ।

समाजवादीले केन्द्रीय कमिटी बस्नुअघिसम्म तत्कालीन नेकपाको पालामा झलनाथ खनाल नेतृत्वको कार्यदलको सुझाव अनुसार नै एमसीसीलाई अघि बढाउनुपर्ने बताउँदै आएको छ।नेकपा समाजवादीले यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेको थियो ।

नेकपा (एमाले)बाट अलग भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ। पार्टीको यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा गर्न लागिएको बताइएको छ।

एमसीसीका विषयमा पूर्वाग्रही हुँदैनौं, लम्पसार पनि पर्दैनौं : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका सन्दर्भमा आफूहरु पूर्वाग्रही नहुने र लम्पसार पनि नपर्ने बताएका छन्। शनिबार नेपालगंजमा आयोजित लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले असंलग्न परराष्ट्र नीतिबाट दायाँबायाँ नजाने प्रष्ट पारे।

उनले एमसीसीका प्रतिनिधिलाई यो परियोजना कुनै सैन्य गठबन्धन तथा सुरक्षा रणनीतिसँग नजोडिएको लेखेर पठाउन भनेको बताए। ‘झलनाथ खनालले पठाएको प्रतिवेदनमा उल्लेख भएका कुराहरुलाई प्रष्ट पारेर, यो परियोजना नेपालको हितमा छ, यो परियोजना नितान्त रुपमा आर्थिक सहयोगको परियोजना हो, सुरक्षासँग यसको कुनै सम्बन्ध छैन, सेनासँग कुनै सम्बन्ध छैन। आर्थिक विकाससँग मात्रै जोडिएको छ भन्ने कुरा सुनिश्चित गर्नुस्’, नेपालले भने।

उनले नेपाल राष्ट्रको स्वाभिमानमा आँच पुग्ने काम नगर्ने बताए। उनले आफूहरुले देशलाई कुनै पनि सैन्य गठबन्धनमा, अरुको सुरक्षा घेरामा नराख्ने बताए।

उनले एमसीसी परियोजनामा आफूहरुले बौद्धिक सम्पत्तिमा नेपालको अधिकारलाई स्थापित गर्न चाहेको बताए। ‘त्यहाँको पैसाको हिसाबकिताब नेपालको अडिटर जनरलले गर्न पाउनुपर्छ भन्ने कुरालाई सुनिश्चित गर्न चाहन्छौं।

नेपाली नागरिकले त्यो परियोजनामा काम गर्ने, रोजगारी पाउने कुरालाई सुनिश्चित गर्न चाहन्छौं। र त्यो परियोजनामा प्रयोग गरिने जग्गाको स्वामित्व नेपालकै रहन्छ भन्ने कुरालाई सुनिश्चित गर्न चाहन्छौं’, उनले भने।

उल्लेखित विषयमा जवाफ आएपछि त्यसमाथि आफूहरुले छलफल गर्ने उनको भनाइ छ। उनले पार्टीभित्र र पाँच दलको बीचमा छलफल गर्ने र जवाफ चित्त बुझ्दो छ कि छैन भन्ने आधारमा अगाडि बढ्ने बताए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार