नेकपा एस फटाहाहरुको पार्टी भएको दाबी, धमाधम एमालेमा फर्कदैं जनप्रतिनिधि

(रील माण्डु – ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कैलाली, २७ भदौ । कैलालीको घोडाघोडी नगरपालिका–१० का दुई जना वडा सदस्य पुन एमालेमा फर्किनुभएको छ । वडा सदस्य इन्दुदेवी चौधरी र हसिना विकले एक विज्ञप्ति जारी गर्दै आफूहरू एमालेमै रहेको जनाउनुभएको हो । उहाँहरु दुबै जनाले भदौ २२ गते एमाले विभाजन भएर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी रोज्नुभएको थियो ।

नेकपा एकीकृत समाजवादी रोजेको एक साता नपुग्दै उहाँहरु दुबै जनाले शनिबार आफूहरूलाई भ्रममा राखेर सनाखत गराइएको भन्दै एमालेमै रहेको बताउनुभएको हो । जाली फटाहरूले नेकपा एमालेलाई चोइट्याएर अलग भएको सानो झुन्डले हामी सिधा जनप्रतिनिधिलाई लोभ लालज र धम्कीपूर्ण शैलीमा निर्वाचन कार्यालय धनगढीमा लगी अब देखि तपाईंहरूको सेवा सुविधा यहाँबाट हुने भनी भ्रममा पारि पार्टी परित्याग गर्न लगाइ फरक दल रोज्न लगाइ गुमराहमा पारिएकोका हामी नेकपा एकीकृत समाजवादीमा नभई आफ्नै पार्टी नेकपा एमालेमै रहेको जानकारी को लागि यो विज्ञप्ति जारी गरेका छौं।’

दुबै जनप्रतिनिधि संयुक्त रुपमा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।शनिबार बसेको वडा कमिटीको पहिलो बैठकमा दुई जनप्रतिनिधिले विज्ञप्ति जारी गरेर एमालेमै रहेको जनाएको बिषयमा जानकारी गराइएको वडा कमिटी अध्यक्ष पूर्ण बडूवालले बताउनुभयो ।

‘उहाँहरूले एमाले छोड्नै सक्नुहुन्थेन । लोभ लालज र धम्की दिइएको रहेछ’ उहाँले भन्नुभयो , ‘‘यस्ता लोभ लालज र धम्कीबाट एमाले छोडेकाहरूलाई पनि हामी एमालेमै फर्काउने अभियानमा छौं ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार