बाँकेमा एमाले किल्ला ढल्दै, आज मात्र ७०० बढी एकीकृत समाजवादीमा प्रवेश !

(रील माण्डु – ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । बाँकेको खजुरा गाउँपालिका ७ सोनपुरमा शनिबार एमाले परित्याग गरि करिब ७ सय जना नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेका छ्न ।

पुर्ब प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधब कुमार नेपालको प्रमुख आतिथ्यमा खजुरा गाउँपालिका ७ का नेकपा एमाले पार्टीका नेता ७ सय बढि नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी का कर्णाली प्रदेश सभा सदस्य एवं भौतिक योजना मन्त्री अम्मर बहादुर थापा केन्द्रिय सदस्य दल बहादुर सुनार जिल्ला अध्यक्ष अशोक कोइराला नेताहरू अब्दुल हुसैन खाँ होमनाथ सापकोटा कर्ण बहादुर खत्री लाल बहादुर खत्री कप्तान पाठक गोपाल सुनार माईलाल सुनार हजुरा बम लगाएतका नेता कार्यकर्ता भेला एवं पार्टी प्रबेश कार्यक्रममा उपस्थित भएका थिए। मन्त्री थापाले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रबेश गर्ने सबै नव आगन्तुक नेता कार्यकर्तालाई नेतृत्वले जनभावना अनुसार काम गर्ने बताएका हुन् ।

केन्द्रिय सदस्य सुनारले खजुरामा टर्च बाकेर खोज्नुपर्ने हावादारी कुरा गर्ने एमालेका नेता कार्यकर्तालाई तपाईं तथ्यहिन राजनीति गर्न छोडनु अब बैचारिक लडाइँ लड्नका साथै संघीय सान्सद नन्दलालको गाउँमा कार्यकर्ता भेलालाई तिजको दर सङ्या दिने तपाईं आज यहाँ सोनपुरमा आएर हेर्न समेत भने भने आफुहरु सधैं जनताको पक्षमा जनताको हितमा काम गर्ने खुल्ला मन्च बाट प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रमुख अतिथी माधब कुमार नेपालले हिन्दी भासण गर्दै भने “रस्सी जलकर राख हो गई मगर ऐठन नहिं गई”भनेर केपि ओलितिर ईसारा गर्दै अन्तमा एक्लो भएर खम्बा ढल्ने बताउनुका साथै स्थानीय तह प्रदेश प्रमुख देखि प्रदेश सरकार संघीय सरकारमा पार्टीका तर्फबाट मन्त्री बन्ने भएकाले नागरिकहरुका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

शनिबार नै बाँके जिल्लामा नेकपा एकीकृत समाजवादी पार्टी नेपालको जिल्ला पार्टी कार्यालय स्थापना अध्यक्ष माधव कुमार नेपाल र पार्टी जिल्ला अध्यक्ष अशोक कोइराला कर्णाली प्रदेश का भौतिक पुर्बाधार मन्त्री अम्मर बहादुर थापा केन्द्रिय सदस्य दल बहादुर सुनार लगाएतका नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिमा नेपालगन्ज टाँङ्गा स्टेशन नजिक धर्मशालाको हलमा जिल्ला पार्टी कार्यालय स्थापना गरिएको जिल्ला नेता अब्दुल हुसैन खाँ ले जानकारी दिए।

जुम्लामा नेकपा एकीकृत समाजवादीको शक्ति प्रदर्शन, एमाले पत्तासाफ ! – काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले जुम्लामा शक्ति प्रदर्शन गरेको छ ।

नेकपा एमालेबाट विभाजित भएपछि निर्माण भएको एकीकृत समाजवादीले प्रथम जिल्ला कार्यकर्ता भेला तथा शक्ति प्रदर्शन गरेको हो जुम्लामा नेकपा एमालेभन्दा एकीकृत समाजवादी पार्टी बलियो भएको प्रमाण देखाउन शक्ति प्रदर्शन गरेको समाजवादीले जनाएको छ । जिल्ला भेलामा जुम्लाका आठै स्थानीय तहका करिब पाँच हजार कार्यकर्तालाई सदरमुकाम खलंगामा भेला गरिएको हो ।

एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्न पार्टीका कर्णाली प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री प्रकाश ज्वाला, कर्णालीका कृषिमन्त्री कुर्मराज शाही, प्रदेश सभा सदस्य पदम रोकायालगायत नेताहरू जुम्ला आएका हुन् ।पाँच हजार बढी कार्यकर्ताको सहभागितामा जुम्ला सदरमुकाम खलंगाका विभिन्न भागमा ¥यालीसहित शक्ति प्रदर्शन गरेर जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा औपचारिक कार्यक्रम गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

भेलामा ज्वालाले हजाराँै कार्यकर्ताको समर्थन र उपस्थितिले जुम्लामा एमाले पार्टी एकीकृत समाजवादी पार्टीमा विलयी भएको ठोकुवा गरेका छन् । व्यक्तिवाद, अहंकार तथा विधि पद्धतिविपरीत काम गर्नेविरुद्ध डटेर सामना गर्न नेपाली राजनीतिमा विद्रोहका रूपमा स्थापित भएको समाजवादी पार्टीको विद्रोह जुम्लाबाटै सुरु भएको उनको तर्क छ । जुम्लामा एमाले सकिएको पुष्टि भएको उनको जिकिर छ ।

कार्यक्रममा कृषिमन्त्री शाही, सांसद पदम रोकायालगायतका वक्ताले कर्णालीकै सबैभन्दा ठूलो र बहुमत भएको एकीकृत समाजवादी पार्टी जुम्लामै निर्माण हुने विश्वास व्यक्त गरे ।

एकीकृत समाजवादी पार्टी जुम्लाका अध्यक्ष तीर्थ बुढाले एउटै घरभित्र पनि सधैँ किचलो, सधैँ अन्याय र अत्याचार सहेर बस्न नसकिने भन्दै एमालेभित्र केपी ओलीको अत्याचार बढेपछि विद्रोहका रूपमा एमालेभित्रै वैकल्पिक शक्तिका रूपमा एकीकृत समाजवादीको उदय भएको बताए ।

जुम्लामा एमाले समाप्त भइसकेको दाबी गर्दै कार्यकर्ताको भरोसा, विश्वास तथा संख्यात्मक हिसाबले एमालेभन्दा समाजवादी पार्टी बलियो र ठूलो भएको बुढाको भनाइ थियो । जुम्लाका एमालेबाट निर्वाचित ९० जना जनप्रतिनिधिमध्ये ४४ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् । ६१ जनाको जिल्ला कमिटीमध्ये ५८ जनाले समाजवादी रोजेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

प्रतिक्रिया दिनुहोस !