पृथ्वी सुब्बा गुरुङ भन्छन ‘केपी ओलीले एमालेलाई ‘ख-रानी’ पार्ने भए’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेका सचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन् । लुम्बिनी प्रदेशमा सत्ता परिबर्तनप्रति चिन्तित हुदै सचिब गुरुङले अध्यक्ष ओलीकै कारण एमाले ख-रानी बन्न सक्ने बताएका हुन ।

अध्यक्ष ओलीमा बिकसित भएको अ हंकार, द म्भ र ब्यक्तिबादले पार्टी स माप्त हुन सक्ने ख तरा उत्पन्न भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट गम्भीर शिक्षा लिदै नेकपा एमालेले सामुहिक नेत्तृत्व प्रणालीलाई अपनाए पनि अध्यक्ष ओलीले यसको पालना नगर्दा पार्टी बि’घटनको दिशातिर उन्मुख भएको उनको भनाई छ ।

‘हाम्रो मौजुदा बिधानले नै सामुहिक नेत्तृत्व प्रणालीलाई अं गी कार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो।’ सचिब गुरुङ भन्छन् ‘ओलीको त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्ष’ति भइसक्यो । अब त पार्टी ख रा’नी हुन मात्र बाँकी छ।’

अध्यक्ष ओलीको द’म्भका कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत ढल्न सुरु गरेको सचिब गुरुङको भनाई छ । ‘एमाले ०७३ साल र ०७४ सालका निर्बाचनमा तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम ग¥यो ।

त्यसैले बहुसंख्यक स्थानीय सरकारसहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अबसर पायौं पनि । संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं ।’ उनी भन्छन् ‘आज अध्यक्ष ओलीको अहंकार र एक्लै हिड्ने प्रबृतिका कारण संघ गुम्यो, गण्डकी गुम्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।’

साढे तीन बर्षमै यति ठूलो क्षति ब्यहोर्नुले एमालेको भबिश्य के होला भनेर चिन्ता गर्नु पर्ने बेला आउको उनको भनाई छ । ‘आफ्नो बहुमत नहुदा सत्तामा आउने जाने हुन्छ । तर अहिलेको अबस्था यस्तो होइन ।’

उनी भन्छन् ‘ओली कमरेड एक्लै हिड्ने दम्भ पाल्दाको परिणति हो, यो । अध्यक्ष ओलीको ब्यक्तिबादी द म्भकै कारण तीन सरकार गुमाई सकियो । यो यतिमै रोकिने देखिएको छैन ।’ एउटा ब्यक्तिको (ओली) कारण पार्टी र आन्दोलनले ग म्भीर ध क्का खान थालेकाले सबैले सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रसँग भएको एकीकरण टुटेपछि एमालेको ओरालो यात्रा सुरु भएको यथार्थलाई सबैले मनन् र आत्मसात गर्नु पर्ने उनको तर्क छ । अझ एमाले पनि सिंगो अबस्थामा नरहने हो भने त कम्युनिष्ट आन्दोलन नै क्ष’ तबि’क्ष’त हुने सचिब गुरुङको भनाई छ ।

अहिले भएको अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पानी बारबारको अवस्थालाई द्व-न्द्वबादीढंगले हेर्नु पर्ने उनी बताउँछन् । ‘आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन माधब नेपालले भूमिका खेले भनेर आक्रोस पोख्ने मात्र होइन, नेता नेपाललाई ओलीले किन त्यहाँसम्म पु¥याए भनेर सोच्ने हो भने बिबादको समाधान भेटिन्छ ।’ उनी भन्छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 4.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4.4K
    Shares

प्रतिक्रिया दिनुहोस !