कोरोना पछि ख’त’रनाक नीपा भाईरसको सक्रंमण: नेपालमा जोखिम कति? कसरी ब-च्ने?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

बुटवल । भारतका केहि स्थानमा निपा (निपाह) भाइरसको संक्रमण देखिन थालेसँगै नेपालमा पनि पूर्व तयारी थालिएको छ । यस भाइरसको संक्रमणका कारण गत साता भारतमा एक बालकको ज्या-न गएको थियो । नेपालमा पनि यसको जो’खि’म न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजना अघि बढाएको जनाएको छ ।

रोगको यकिन नि’दा’न नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बि’ग्रँदै गएमा वा मृ’त्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सबै अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

नेपालमा जोखिम कति ?

तुलनात्मक रुपमा कुनै रोग भारतमा फैलन सुरु भए पश्चात नै नेपालमा त्यो रोगको जो’खि’म रहेको बताइन्छ । पछिल्लो साता भारतमा निपाह भाइरसको सं’क्रम’ण फैंलदै जान थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसको जो’खि’मबारे सचेत गराएको हो । स्वाथ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यो भाइरस अहिलेसम्म नेपालमा देखा नपरेको भए पनि सतर्कता आवश्यक रहेको बताए ।

यो रोग विशेषगरी चमेरा र बङ्गुरबाट सर्ने भएकाले भारतबाट चमेराहरु बसाई सरी आउन सक्ने भएकाले नेपालमा यसको जो’खि’म रहेको अधिकारीको भनाइ छ । यस्तै सं’क्रा’मक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौको नारायणहिटी दरबार छेउछाउमै अत्याधिक चमेराहरुको बसोबास रहेकाले पनि यसको जो’खि’म बढी रहेको बताए। “हाम्रो समुदायमा कतिपय व्यक्तिहरुले फलफूलहरु नधोई खाने र बङ्गुरको व्यवसायिक पालन नै गर्ने देखिएकाले पनि यस्को जोखिम बढी छ” उनले भने ।

कसरी भयो भाइरसको सुरुवात ?

सन् १९९९ मा पहिलो पटक मलेसियामा बङ्गुरमा यो भाइरस फेला परेको हो । जनावरबाट मानिसमा सर्ने भएकाले यो भाइरसलाई जि’नो’टिक भाइरस भनिन्छ । त्यसयता अहिलेसम्म यो भाइरस मलेसियामा देखापरेको छैन । यो भाइरस सन् २००१ मा बङ्गलादेशमा देखापरेको थियो । त्यसयता यसले व्यापक रुप लिन थाल्यो । पछि पूर्वी भारतमा पनि देखा पर्न थाल्यो । घाना, कम्बोडिया, ईन्डोनेसिया, माडागास्कर, फिलिपिन्स र थाईल्यान्डमा पनि यो भाइरस देखा परिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कति सं’क्रा’मक छ निपाह ?

सं’क्रा’मक रोग विशेषज्ञ डा.शेरबहादुर पुनकाअनुसार निपाह भाइरस ज्यादै सं’क्रा’क छ । उनका अनुसार यो भाइरस विशेषगरी ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ । यो भाइरसले चमेरोलाई केही असर गर्दैन, तर मानिसमा सजिलै सर्न सक्छ । यो भाइरसले आ-क्र-म-ण गरेमध्येका ७५ प्रतिशत मानिसको मृ’त्यु हुनसक्ने उनको दा’वि छ । १० जना व्यक्तिमा यो भाइरसको संक्रमण भयो भने ७ जनाको मृ-त्यु हुनसक्ने उनले बताए ।

कसरी ब-च्ने ?

डा. पुनकाअनुसार यो संक्रमणविरुद्ध अहिलेसम्म कुनै औषधि र खोप पत्ता नलागेकाले सरसरफाई र खानेकुरामा विशेष ध्यान दिनु आवश्यक रहेको छ । “भारत र बङ्गलादेशजस्ता बाहिरी देशका जङ्गलमा गएर नरिवल, अन्य फलफूल खाने गरेका कारण यी देशहरुमा चमेराको दिसा र पिसावबाट सरेको देखिन्छ, यसकारण हामीले फलफूलहरु राम्रोसँग पखालेर खानुपर्छ,” उनले भने । रोग पहिचान भएका स्थान र चमेरोबाट टाढै रहनु पर्ने उनको सुझाव छ ।

निपाह भाइरस संक्र-मित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई क-न्ट्रा-क्ट ट्रे-सि-ङ गरेर परिक्षण गर्नुपर्ने डा.पुनको भनाई छ । यस्तै घरपालुवा जनावरहरुलाई रुघा–खोकि लागेको भए भेट्नरी डाक्टरहरुमार्फत स्वाव सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन उनकोआग्रह छ । -विष्णु पाण्डे/गोरखापत्र अनलाइन

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार