अमेरिका बिरुद्ध नेपालको शानदार जित, आसिफ र कुशलको साझेदारी नयाँ कीर्तिमान !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । रोहित पौडेलको अविजित अर्धशतकप्रेरित नेपालले विश्व कप लिग-२ अन्तर्गत ट्राई नेसन ओडीआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २ सय ३० रनको योगफल तयार गरेको थियो । निर्धारित पूरा ५० ओभर खेलेको अमेरिकाले ९ विकेटको क्षतिमा सय २३० रन जोड्न सफल भएको थियो ।

दोस्रो इनिङमा २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि पहिलो विकेटका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले ६६ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए ।

दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग २७ रनको साझेदारी गर्दै अर्धशतक पूरा गरेका कुशलले ८४ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए । ओडीआईमा पहिलो अर्धशतक बनाएका कुशलले ९३ बलमा ३ चौका र ३ छक्कासहित ८४ रनको इनिङ खेलेका थिए ।

कप्तान ज्ञानेन्द्र १७ रन बनाएर पेभेलियन फर्केँसँगै क्रिजमा उत्रिएका रोहितले ६२ रनको अविजित अर्धशतकीय इनिङ खेले । नेपालका लागि ८७ बलको सामना गरेका कुशलले २ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यो पनि – आसिफ र कुशलले बनाए साझेदारीको नयाँ कीर्तिमान

अमेरिका र नेपाल बीच ओमनामा जारी विश्व कप लिग-२ अन्तर्गत खेलमा नेपाली ओपनर कुशल भुर्तेल र आसिफ शेखले नयाँ कीर्तिमान बनाएका छन्। खेलमा अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले १४ ओभरमा ६६ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका हुन्।

६६ रनको ओपनिंग साझेदारी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक साझेदारी हो। १४ औं ओभरको अन्तिम बलमा नोस्थुस केन्जिंगेले आसिफलाई क्याच आउट गर्दै साझेदारी समाप्त गरेका थिए।

नेपालको यस अघिको सर्वाधिक ओपनिंग साझेदारी ६१ रनको थियो। ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले २०१९ मा युएई बिरुद्ध उक्त साझेदारी गरेका थिए। हालसम्म नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा मात्र ३ पटक अर्धशतकीय साझेदारी गर्न सकेको छ। सबै भन्दा अघि २०१८ मा नेदरल्याण्ड बिरुद्ध ज्ञानेन्द्र मल्ल र अनिल शाहले अर्धशतकीय साझेदारी गर्ने क्रममा ५८ रन जोडेका थिए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफ र कुशलको ६६ रनको साझेदारी समग्रमा संयुक्त रुपमा चौथों ठूलो साझेदारी हो। पपुवा न्यु गिनी बिरुद्ध रोहित पौडेल र करन केसीले सातौँ विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए।

सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलको नाममा रहेको छ जसले भर्खरै पपुवा न्यु गिनी बिरुद्ध तेश्रो विकेटको लागि ८९ रनको साझेदारी गरेका थिए। कुशल मल्ल र बिनोद भण्डारीको ८४ रनको तथा आरिफ शेख र रोहित पौडेल बीचको ८२ रनको साझेदारी दोश्रो र तेश्रो सर्वाधिक साझेदारी हो।

सेयर गर्नुहोस
  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

प्रतिक्रिया दिनुहोस !