सांसद बिमला वलीले दिइन् पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अ’प’ह’रणको जाहेरी

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अ-प-ह-रण तथा शरीर ब-न्धक सम्बन्धी किटानी जाहेरी दिएकी छन्।

पोखरेल मुख्यमन्त्री रहँदा आफूलाई दाङबाट ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म ब-न्ध-क बनाएकोले अ-प-ह-र-ण तथा शरीर बन्ध-कसम्बन्धी कानुनअनुसार का-रबा-हीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन्।

जाहेरीमा उनले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको का-रबा-ही-को माग गरेकी छन्।

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको त्यहाँबाट जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए। ‘हामीकहाँ आउनुभएको थियो, हामीले यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौँ,’ उनले भने।

वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई कि-टा-नी जाहेरी बुझाएको र उनले घ-ट-नाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिएका छन्। ‘हामीले प्रदेश प्रहरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गर्न गएका थियौँ,’

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने, ‘उहाँले घट-नाको शुरुवात भएकै स्थानमा दर्ता गरिदिन्छौँ भन्ने प्रतिवद्धतासहितको पत्र हामीलाई दिनुभएको छ।’ दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी आइनपुगेको बताए।

वलीले दिएको उजुरीअनुसार अदालतले क-सु-र ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कै-द र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अ-प-रा-ध संहिता २०७४ मा छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 80
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    80
    Shares

प्रतिक्रिया दिनुहोस !