आफ्नै गृहजिल्लामा घनश्याम भुसालको अ’प-मान कसले गर्यो? के भने घनश्यामले?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

रुपन्देही । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत भेला कार्यक्रमलाई सम्बोधन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत विष्णु पौडेल, घनश्याम भुसाल, टोपबहादुर रायमाझी पुगेका छन् ।

तर कार्यक्रम संचालन गर्ने क्रममा संचालिकाले अन्य नेता सँगै पुगेका घनश्याम भुसाललाई आसन ग्रहण गराउने आवश्यकता ठानेनन् । मध्यमार्गी नेताका रूपमा परिचित भुसालले पार्टी विभाजनको अन्तिम अवस्थामा माधवकुमार नेपालको साथ छाडेर एमालेमै बस्ने निर्णय गरेका थिए । बुटवल भेलामा भुसाललाई कार्यक्रम संचालिकाले नै आसन ग्रहण नगराएर अपमान गरेकी हुन् ।

भुसालसँगै पुगेका अन्य नेताहरूको भने नाम नै लिएर आसन ग्रहण गर्न लगाइएको थियो । भेला कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली ढिलो पुगेका थिए । उनी पुग्दा नेता टोपबहादुर रायमाझीले मन्तव्य दिइरहेका थिए । रायामाझीको मन्तव्य सकिएपछि कार्यक्रमा संचालिकाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता विष्णु पौडेलको आसन ग्रहण गराइन् ।

ओली पौडेल र भुसाल एउटा लाइनमा बसेका थिए । ओली र पौडेललाई आसन ग्रहण गर्न अनुरोध गरियो। तर भुसालको पालो आउने बेलामा समय कम रहेको भन्दै संचालिकाले भुसालको नाम लिन आवश्यक ठानिनन्। उनले समय अभावका कारण भन्दै सम्पूर्ण नेताहरुलाई एकैपटक आसन ग्रहण गर्न आग्रह गरिन् ।

अनि दिए चर्का भाषण

एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीले २०७४ सालको वर्चश्व फर्काउने उद्घोष गरेका छन् ।  बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले एमाले जिम्मेवार भएर अघि बढे ०७४ सालको वर्चश्व फर्किने बताए ।

एमालेले समानता, न्याय र लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको दाबी गर्दै भुसालले राष्ट्रको प्रतिनिधित्व गरिरहेको एमालेलाई मात्तिने छुट नभएको बताए । ‘एमाले जिम्मेवार बन्नुपर्छ । विगत, वर्तमान र भविश्यलाई हेरेर एमाले अघि बढ्नुपर्छ,’ उनले भने ।

राम्रो राजनीतिक पार्टी भयो भने राष्ट्र बलियो हुने भन्दै भुसालले जातजाति, भाषा, धर्मको प्रतिनिधित्व प्रभावकारी पार्टीले गर्ने बताए । ‘लोकतन्त्रमा राष्ट्रको प्रतिनिधित्व पार्टीले गर्छ । यो मुलुकमा एमाले सबैभन्दा बढी समानता र न्यायमा योगदान गरेकाले राष्ट्रको प्रतिनिधित्व एमालेले गरेको छ । गर्छ । गर्नुपर्छ । जिम्मवारीबोध हुनुपर्छ । कमजोरी गर्ने, उत्ताउलो हुने छुट छैन,’ उनले भने ।

पार्टी आन्तरिक रुपमा लोकतान्त्रिक हुन सकेन भने राष्ट्रको पनि प्रतिनिधित्व गर्न नसक्ने भन्दै भुसालले थपे, ‘व्यवस्थित अभ्यास गर्नुपर्छ । न्याय समानता र लोकतन्त्रको जति अभ्यास गर्न सक्छ त्यति नै राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ,’ उनले भने ।

बुद्धकै पालादेखि गणराज्यको अभ्यास भएको भन्दै उनले एमाले गणतन्त्र र लोकतन्त्र र आन्तरिक लोकतन्त्र सुदृढ गरेर यसैगरी अघि बढे २०७४ सालको वर्चश्व फर्काउने ठोकुवा गरे । भुसालले अब दलाल पुँजीवादीविरुद्ध लड्नुपर्ने बताए ।

‘त्यो बाहिर पनि लड्ने हो पार्टीभित्र हो,’ उनले भने, ‘यो काम एमालेले गर्नुपर्छ । अरुले गरेर हुँदैन । एमाले आज जिम्मेवार भइदिएन जिम्मेवार भूमिका खेलिदिएन भने के हहुन्छ ? यसमा छलफल होस् । सामाजिक र सांस्कृतिक रुपमा पार्टीले जरा गाडिसकेको एमालेको अभाव अरुले पूर्ति गर्न सक्दैन ।’

लोकतान्त्रिक समानता न्यायमा एमाले लाग्नुपर्ने उनले बताए । ‘लोकतान्त्रिक समानता न्यायमा एमाले लाग्नुपर्छ । बलियो बनाउनुपर्छ । यही कुरा माधव नेपाललाई बुझाउन सकेनौं । उहाँले आफै बुझिदिनुभएन । किन बुझ्नुभएन ? यो कुरा माधव कमरेडले बुझ्नुपर्छ । समीक्षा गर्नुपर्छ । मबाट के कमी भयो अर्कोबाट के भयो समीक्षा गरौं । कसले गल्ती गर्यो कसले गरेन माधव कमरेडले समीक्षा गर्नुपर्छ ।

विधानबाट जब हामी समेटिएर व्यवस्थति भएर आउनेछौं, त्यसपछि माधव कमरेडलाई बुझाउन समीक्षा गराउन बाध्य पार्नेछौं । एमाले उठ्छ, धुलो टक्टक्याएर अघि बढ्छ,’ भुसालले भने ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार