CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाण्डाै – गृह मन्त्रालयले आज बुधवार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो ।
उहाँका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।
त्यस्तै गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव काशीराज दाहाललाई मोरङ पठाइएकाे छ भने मोरङका प्रजिअ कोशहरि निरौलालाई गृहमा ल्याइएको छ । गृहका अर्का सहसचिव दीपककुमार पहाडीलाई रामेछाप तथा नुरहरि खतिवडालाई सङ्खुवासभाको प्रजिअमा पठाइएको छ ।
हेर्नुहोस पुरा विवरण:
यो पनि – केपी ओली भन्छन:अरुले विकास गर्न सकेनन, मैले विकास गर्छु भन्दा दिएनन् रुपन्देही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको बताउनुभएकाे छ । माओवादी केन्द्रका मुख्य नेताहरू एमाले मै रहेको भन्दै उहाँले माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आरोप लगाउनुभयो ।
नेकपा एमाले रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज सेवा केन्द्र बनाएर एमाले अघि बढ्ने बताउनुभयो । देशभर समाज सेवा केन्द्र बनाएर नागरिककाे सेवामा एमाले जाने अध्यक्ष ओलीले बताउनुभयो । ‘कसैसँग सहयोग गर भनेर जाँदैनौ तर हाम्रो काम देखेर कसैले सहयोग गर्दछ भने अस्वीकार गर्दैनौँ,’ उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले विकास विरोधी तत्त्वले आफनो सरकारलाई विस्थापित गरेको बताउनुभयो । उहाँले चुनावपछि एमाले सरकारमा आउने र विकासलाई निरन्तरता दिने बताउनुभयो ।
कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । ‘उनीहरूले गरेनन्, मैले काम गर्छु भन्दा दिएनन्’, ओलीले भन्नुभयो ।
कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले आउँदाे चुनावपछि एमाले पुनः सत्तामा जाने बताउनुभयो । उहाँले एमालेबाहेक समृद्धिकाे खाका कसैले पनि कोर्न नसक्ने बताउनुभयो ।
माधव नेपालले नेतृत्व गरेको पार्टीले देशभर एक सिट पनि जित्ने हैसियत नराख्ने नेता पाैडेलले दाबी गर्नुभयाे । पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले ओली सरकारले ल्याएको लोकप्रिय बजेटलाई प्रतिस्थापन गरेर वर्तमान सरकारले जनविराेधी काम गरेको बताउनुभयो ।
अर्का उपमहासचिव घनश्याम भुसालले एमाले भाँडिएको भन्दै समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘गल्ती गर्नेहरू सबैले समीक्षा गरौँ यो कुरा माधव नेपालमा पनि लागू हुन्छ’, उपमहासचिव भुसालले भन्नुभयो ।
उहाँले एमालेलाई कमजोर बनाउने र उत्ताउलो बन्ने छुट नभएको बताउनुभयो । उपमहासचिव भुसालले पार्टीको आउँदाे महाधिवेशनले एमालेलाई साङ्गठनिक रूपमा समेत व्यवस्थित गर्ने बताउनुभयो ।
नेता टोपबहादुर रायमाझीले असफल नेताहरूले एमालेलाई घेराबन्दीमा राख्ने प्रयास गरे पनि त्यसलाई चिर्दै अगाडि बढ्न सक्षम रहेको बताउनुभयो । चुनाव जित्ने हैसियत नभएपछि माधव नेपाल प्रचण्ड–कांग्रेसको शरणमा पुगेको रायमाझीले आरोप लगाउनुभयो ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।