को हुन् ति एमालेका तीन सांसद जसले मन्त्रि बन्न गरे अ-स्वि-का-र ? मुख्यमन्त्री आचार्य तनाबमा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन् । नेकपा (एमाले) विभाजन भएसँगै अल्पमतमा परे पनि आचार्यले मन्त्रीमण्डल विस्तारको तयारी गरेका हुन् ।

बुधबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको लागि छलफल भइरहेको मुख्यमन्त्री सचिवालय सदस्य अनिलराज धामीले बताए । स्रोतका अनुसार आचार्यले आज २ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ गराउने तयारी गरेका छन् । संखुवासभाका तुलसी न्यौपाने र झापाका हिराकुमार थापा मन्त्री बन्ने भएका छन् । साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने सपथमा तीन राज्यमन्त्रीलाई पनि सपथ गराउने तयारी छ ।

सोलुखुम्बुका उत्तमकुमार बस्नेत र मोरङका ज्ञानेश्वर राजवंशीलाई राज्यमन्त्री बनाउने तयारी भएको आचार्यनिकट स्रोतले जानकारी दिएको छ । यसैबीच बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २२ असोजमा प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । सो बैठकको सुरुवातमै मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्नेछ ।

एमाले विभाजनसँगै मुख्यमन्त्री आचार्यले असोज २४ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । प्रदेशसभामा हाल एमालेका सभामुखसहित ४१ सदस्यमात्र कायम रहेको र अन्य कुनै विपक्षी दलले समर्थन गर्ने सम्भावना नदेखिएकोले उनले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

तीन सांसदद्वारा मन्त्री बन्‍न अ-स्वी-कार

अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दा एमालेका तीन सांसदले मन्त्री बन्‍न अ-स्वी-कार गरेका छन् । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सांसद बिमल कार्की, निवर्तमान राज्यमन्त्री राजकुमार ओझाले मन्त्री पद अ-स्वी-कार गरेका हुन् ।

उनीहरु तीनै जनालाई मुख्यमन्त्री आचार्यले राज्यमन्त्रीको प्रस्ताव गरेका थिए। श्रोतका अनुसार राज्यमन्त्रीको प्रस्ताव गरेकाले मन्त्री पद अ-स्वी-कार गरेका हुन।  पूर्व राज्यमन्त्री ओझाले ३ हप्ते सरकारको राज्यमन्त्री बन्‍न अ-स्वी-कार गरेको बताएका छन्। मुख्यमन्त्री आचार्यले बुधबार साँझ २ मन्त्री र ३ राज्यमन्त्रीलाई शपथ गराउने तयारी गरेका छन्।

यसैबीच मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ। सो बैठकको सुरुवातमै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ।

सूदुर भूगोलमा एमालेका दुई इन्चार्ज, कार्यकर्ता भन्छन्- कसलाई मान्ने ?

एमाले उपाध्यक्ष भीम रावल र लेखराज भट्ट सुदूरपश्चिम प्रदेशमा आ-आफ्नो दाबी गरेपछि नेता कार्यकर्ता अन्योलमा परेका छन् । अब कसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखिएको छ । रावल र भट्ट दुवै सुदूरपश्चिम आएर आफू नै इन्चार्ज भएको दाबी गरे । जसकारण प्रदेश इन्चार्जको विवाद सतहमा आएको छ ।

पार्टी अध्यक्ष केपी ओलीले रावलकै अगाडि आफूलाई इन्चार्जको जिम्मेवारी दिएको भट्टको भनाइ छ । उनी सोमबार सुदूरपश्चिम आएका थिए । पार्टीको कामले नभई पारिवारिक कामका लागि कञ्चनपुर आएका भट्टले आफैं सुदूरपश्चिमको इन्चार्ज भएको दाबी गरे ।

मंगलबार रावल कैलाली आइपुगे । धनगढी पुगेर कार्यकर्तासँगको भेटघाटमा उनले पार्टीलाई एकताबद्ध बनाउन आफू त्याग गर्न तयार रहेको अभिव्यक्ति दिए । तर उनले १० बुँदे सहमति कार्यान्वयनमा पनि जोड दिए । रावलको अभिव्यक्तिपछि उनी निकट नेता कार्यकर्ताले भट्टलाई इन्चार्ज मान्न नसक्ने बताउन थालेका छन् । रावललाई १० बुँदे सहमति कार्यान्वयनका लागि गठित प्रदेशस्तरीय समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

‘१० बुँदे सहमतिपछि पूर्णरूपमा २ जेठ ०७५ अघिको पार्टी संरचना सञ्चालन हुनुपर्दछ,’ एमाले केन्द्रीय सदस्य भानुभक्त जैशीले भने, ‘त्यसबाहेक पार्टी अघि बढ्न खाजेमा मान्य हुँदैन, सहमति कार्यान्वयन नभए त्यसको परिणाम अर्कै हुनेछ ।’ पूर्ववनमन्त्रीसमेत रहेका जोशीले २ जेठ ०७५ अघि सुदूरपश्चिम प्रदेश इन्चार्जमा रावल भएको बताउँदै अब पनि उनी नै प्रदेश इन्चार्ज हुने बताए ।

एमाले कस्तो हुने भन्ने ३ असोजको केन्द्रीय समिति बैठकले निर्धारण गर्ने उनको भनाइ छ । ‘आगामी ३ असोजमा एमाले केन्द्रीय समितिको बैठक बस्दैछ,’ उनले भने, ‘सो बैठकमा हुने निर्णयका आधारमा हामी एमालेमा रहने वा नरहने भन्ने निक्र्योल गर्नेछ, १० बुँदे विपरीत पार्टी गएमा हामी मान्दैनौं ।’

रावल र भट्ट दुवैजना धनगढीमा आउँदा दुवै नेताबीच सुदूरपश्चिममा कुनै समन्वय भने भएको छैन । रावलले लामो समय अछाम नगएका कारण आफू गृहजिल्ला जान धनगढी आएको बताएका छन् । भट्टले पनि पारिवारिक कामका लागि आफू धनगढी आएको उल्लेख गरेका छन् ।

माओवादी केन्द्र छाडेर एमालेमा लागेका भट्टले भने खुल्ला रूपमा आफू नै सुदूरपशिचम प्रदेशको इन्चार्ज भएको बताएका छन् । रावल र आफूबीच तिक्तता नभएको उनको भनाइ छ । ‘म धनगढी आउँदा रावल कम्रेडलाई जानकारी गराएको थिएँ,’ भट्टले न्युज कारखानासँग भने, ‘त्यसको एक दिनपछि उहाँले म पनि धनगढी आएँ भनेर भन्नुभएको थियो, तर हाम्रो भेट भने भएको छैन, उहाँ पनि व्यक्तिगत कामले आउनु भएको हो ।’ पार्टीले दिएको जिम्मेवारीअनुसार आगामी दिनमा अघि बढ्ने उनले बताए ।

एमाले उपाध्यक्ष रावलले भने अन्य पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई एमालेले सम्मान गर्ने बताए । मंगलबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले एमालेलाई ठूलो र बलियो बनाउन अन्य पार्टीबाट आएका साथीलाई सम्मान गरिनुपर्ने उनको भनाइ थियो । ‘यसअघि अन्य पार्टीबाट एमालेमा आउँदा उनीहरूलाई दिइएको जिम्मेवारी यथावत राख्दै हामीले उनीहरूको सम्मान गर्नुपर्दछ,’ रावलले भने, त्यसो गर्दा एमाले बलियो हुन्छ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार