CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
भदौ, काठमाण्डौ । नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा अभिनेता सरोज खनालद्धारा अभिनित ʻजीवनको पानाʼ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोले चौतर्फी चर्चा पाइरहेको छ। यसैगरी अभिनेता सरोज खनालको अभिनय पनि तारिफयोग्य रहेको छ।
हास्यकलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा सर्जित उक्त गीतको भिडियो कथात्मक तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा वृद्ध चरित्रमा देखिएका सरोजले आफ्नो युवाकालको स्मरण गरेका छन् । जसमा उनले विगतदेखि वर्तमानसम्म गरेको फिल्मी अभिनयका दृश्य देखाइएको छ ।
यहि भदौ २६ मा सार्वजनिक भएको उक्त भिडियोमा हरि हुमागाईंको डीओपी, उत्तम हुमागाईंको छायांकन, रमेश थापाको सम्पादन र राज केसीको निर्देशन छ ।गीतको भिडियोमा जीवन्त अभिनय गरेका अभिनेता सरोज खनालको अहिले चौतर्फी तारिफ भैरहेको छ भने गीतको पनि चर्चा चलिरहेको छ।
यस्तै नेपाली सिनेमा जगतका भिष्मपिता निर शाहले अभिनेता सरोजको तारिफ यसरी गर्नुभएको छ “सरोज खनालले गरेको यो अभिनय संसारको कुनै उत्कृष्ट कलाकारलाई गराएपनि यो भन्दा उत्कृष्ट गर्न सक्दैन! जुन अभिनेता सरोज खनालले आफ्नो आधिकारिक फेसबुक मार्फत ‘उहाँको यो भनाइको मान राख्न सकु’ भन्दै सेयर गरेका छन्।
त्यसैगरी गीतको भिडियो हेरिसकेपछी रोशन प्रताप रानाले पनि एउटा लामो स्टाटस लेख्दै गीतको तारिफ गर्नुभएको छ। गीतको बारेमा रोशन प्रताप रानाले लेख्नु भएको कुरा जुन अभिनेता सरोज खनालले आफ्नो फेसबुक वालमा जस्ताको त्यस्तै सेयर गरेका छन्।
उक्त स्टाटस सेयर गर्दै सरोज लेख्छन ‘Roshan Pratap Rana एउटा यस्तो नाम हो जस्लाइ मैले हाम्रो पुस्तालाई त चिनाइ राख्नु पर्दैन होला… तर नयाँ पुस्ताको लागि उहाँ नेपालमा सुरुका दिनमा Music video बनाउने केहि मध्येका एक र नेपाली चलचित्रका गीत / संगीतलाई काचको पर्दामा (tv ) कार्यक्रम गीतान्जलीको प्रस्तोता हुनु हुन्थ्यो ! प्रायः सबै बाध्यबाधन बजाउने क्षमता राख्नु हुन्छ … उहाँले जीवन को पाना हेरेपछि मलाई पठाउनु भएको यो सन्देश हुबहु Share गरेको छु ! धन्यवाद दाइ !!
आहा…..आहा….फेरी एक पटक धेरै नै धेरै समय पछि सिर्फ बाच्नका लागी दगुरिरहेको मानव जातीको मस्तिष्कमा एउटा उच्चकोटीको अभिनय र कलाले एउटा बेजोड झट्का दिएर प्रमाणित गरिदीएको छ कि कलाकारीता साच्चिकै भगवानको आर्को एक रुप हो। वाह वाह वाह म उठेर बरिष्ठ अभिनेता सरोज खनाललाइ हार्दिक अभिवादन गर्दछु किनकी हालै मात्र प्रदर्सित, वंहाको परिकल्पना र ससक्त अभिनय गर्नु भएको र आदरणिय मदन दाइले गाउनु भएको “ जीवनको पाना “ भन्ने गीतको भिडीयो हेरे पछी।
सरोज खनाल versatile दिग्गज कलाकार हुन। अभिनय, लेखन, परिकल्पना, गायन धेरै गुण छ उनि संग। उनको कलाकारिताको शुरुवाती दिन देखी नै मैले उनको कला चाखेको छु चाहे रंगमन्च होस चाहे टेली फिल्म चाहे अमेरीकाको आंगनमा होस। म पनि उनको कलाकारीताको wetness मा पर्छु। यस भिडीयोमा उनको अभिनयको स्तर बाट यो प्रमाणित हुन्छ की उनि खाली साधारण अभिनेता मात्र होइनन अब उनि नेपाली अभिनय जगतमा अभिनयका पंडितका रुपमा मैले बुझेको छु। सलाम सरोज 🙏
पुराना नाटक र टेली फिल्मका झलक नभयको गुनासो गर्दा, नेपाल टिभीले एैतिहासीक सम्पतीलाई डिजीटलाइज नगरेको र पुराना क्यासेटहरु सबैमा ढुशी परेको थाहापाय ज्यादै दुख: लाग्यो। यस्तो जमानामा यस्तो excuses. अचम्म लाग्दो। मदन कृष्णदाइले गीतलाई निकै माया गरेर आफ्नो मिठो आवाजले संजाउनु भएको छ तर अलीकती स्केल माथी परेको होकी जस्तो लागेको छ .. दाइको ओरिजनल अवाज जस्तो लाग्दैन। टिम वर्क न्निक्कै राम्रो छ। मेकअप, छायांकन, संम्पादन र निर्देशन उच्चकोटीको रहेको छ। पुन एक चोटि अभिनयका पंडित सरोज खनालजी,आदरणिय दाइ मदन कृष्ण दाइ, बरिषठ कवि रमण दाइ , रचनाकार, संगीतकार र भिडीयो टिम लगायत सम्पुर्ण “जीवनका पाना” टिमलाई मुरी मुरी बधाई। ‘🙏🎊🎉 …रोशन प्रताप राना !!
सम्बाद सहितको यो ‘जीबनको पाना…’ भिडियो हेरेपछी जो कोहीको गह भरिन्छ । मनमा च्वास्स घोच्छ । अनि सुक्क सुक्क गर्दै आफै सम्हालिन पुग्नु पर्छ । यस्तै भाबुक र सं’बे’दनशील अबस्थाको सिर्जना भयो ‘ जीबनको पाना…’ को सार्वजनिक समारोहमा ।
उमेर छंदा कलाकारिता क्षेत्रमा वाहवाही कमाएको, ताली पाएको अनि सबैको नजरमा बस्न सफल एउटा सर्जकको जीबन जब उत्तरार्धमा पुग्छ तब अबस्था र उपस्थिति कस्तो हुन्छ ? यी सब कुरालाई मनदेखी नै पूर्ण रूपमा तयार पारिएको छ भिडियोमा । गीतको भिडियो हेर्नुहोस
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।