एमाले अध्यक्ष केपी ओलीका बडिगार्डले ठड्याए झम्सिखेलमा १० करोडको बंगाला !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओली निकट रहेर राजनीति गर्ने कार्यकर्तादेखि उनको सुरक्षामा कार्यरत अधिकारीहरुसम्मले अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ ।

उनी निकट रहेर राजनीति गरिरहेका तत्कालिन उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको कमलादीमा महल ठड्याउँदै छन् । सुर्य थापादेखि महेश बस्नेतसम्मले ओली सरकारको कार्यकालमा अकुत सम्पत्ति आर्जन गरेका छन् ।

महेश बस्नेतको नाममा हप्ता असुली गर्ने रुमेश कट्वाललाई मंगलबार नै महानगरीय प्रहरी अपराध महासाखाले पक्राउ गरेको छ । उनले जग्गा दिन्छु भनेर ६८ लाख रुपैयाँ ठगी गरेको पाइएको थियो । ओली कालमा सबैभन्दा रजाइँ गर्ने डिएसपी हुन–सन्तोष तामाङ । ओलीको गृहजिल्ला झापा घर भएका उनी ओलीको बडिगार्ड समेत हुन् ।

रसुवा जिल्लाको प्रहरी कमाण्ड सम्हाल्दा उनले खासा नाकामा तस्करीको रुट चलाएको आरोप थियो । तैपनि ओलीको प्रिय पात्र भएका कारण उनलाई कुनै कारबाही हुन सकेन । उनै सन्तोष तामाङले उपत्यकामा बंगला खरिद गरेको पाइएको छ ।

सामान्य त नेपाल प्रहरीको डिएसपीको तलब ४० हजार रुपैयाँ हुन्छ । यही तलबले काठमाडौंमा छोरी पढाउन र घर चलाउन मुस्किल छ । ईमान्दार प्रहरी अधिकारीलाई यही तलब अधिकारीलाई त दैनिकी चलाउनै धौ धौ छ । तर, डिएसपी तामाङले काठमाडौंमा करोडौंको बंगला खरिद गरेको खबर सार्वजनिक भएको छ ।

तामाङले १० करोड मुल्य बराबरको घर खरिद गरेको सार्वजनिक भएको छ । ललितपुरको झम्सिखेलमा तामाङले करोडौँको बंगला खरिद गरेका हुन् । उनको घरले चर्चेको जमिन नै ७ आना बराबर रहेको स्रोतले जनाएको छ । उक्त जग्गा र घर देखेर उनका समकक्षीहरु नै जिब्रो टोक्ने गर्छन् ।

उनी केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा बडिगार्ड थिए । ओलीको सम्बन्धलाई भजाएर उनले रसुवाको कमाण्ड सम्हाल्ने अवसर पाएका थिए । तामाङले ठमेलमा गुण्डागर्दी गर्ने उमेश लामासँगको मिलेमतोमा ठेक्का पट्टामा समेत हात हालेको आरोप छ । उनीहरुद्वयको श्रीमतीको नाममा मल्टिपल जेभी र भण्डार फोटुङ नामक कम्पनि रहेको स्रोतले बतायो ।

ओलीकै निकट व्यापारीहरुले चलाएको बालुवाटारस्थित एक अनलाइनमा समेत उनको साझेदारी रहेको उच्च स्रोतको दाबी छ । उनको लगानी हेर्न उनले केही वर्ष अघि एक पत्रकारलाई खटाएको समेत उच्च स्रोतको भनाई छ । dainiknewsnepal

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार