मदन भण्डारीको ह-त्या कसले र किन गर्यो? बादलले खोले भित्रि र’ह स्य

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं,भाद्र । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको ह -त्या भएको बताएका छन् । उनले मदन-आश्रितको ह -त्यामा नियोजित उद्देश्य समेत रहेको बताए ।

‘मदन भण्डारीको किन ह -त्या गरियो ?’ बादलले नेकपा एमालेको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा भने, ‘यसका पछाडि राजनीतिक कारण छ ।’ मदन भण्डारी राजतन्त्रको वि’रुद्ध गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । साम्राज्यवाद र विस्तारवादको वि’रुद्ध हुनुन्थ्यो ।

दु’ र्घ ट नाका रुपमा मदन भण्डारीको ह -त्या गरिएको उनको भनाई थियो । बादलले जनताको बहुदलीय जनवादको समेत व्याख्या गर्दै भण्डारीको विचारले कम्युनिस्ट आ न्दो ल नमा नयाँ जग बसालेको बताए । बादलले नेकपा एमालेको वि भाजनतर्फ संकेत गर्दै दक्षिणपन्थी धा’र परास्त भएको बताए । उनले कम्युनिस्ट पार्टीलाई सत्ताबाट हटाएर ष ड्य न्त्र भएको बताए । यसलाई प्रतिक्रा’न्तिको संज्ञा दिए ।

यो पनि – आफ्नै निर्वाचन क्षेत्रमा पत्तासाफ भए भिम रावल, फेरी एमालेमा ओली र रावलबीच नयाँ द्वन्द्व सुरु काठमाडौं,भाद्र । ‘राजनीतिमा आफ्नो र अर्काको नहुने’ भीम रावलले भोगेका छन् । उनले सुदूरपश्चिम पुगेर आफूलाई ज्यान दिन्छु भन्नेहरुले साथ छाडेको गुनासो पोखे । रावलकै पहलमा प्रदेशसभामा टिकट पाएर जितेका र समानुपातिकमा समावेश भएकाहरुले साथ छाडेका हुन् । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्जका रुपमा रावलले निकटस्थहरुलाई टिकट दिलाएका थिए । तर, ती मध्ये अधिकांशले रावलको साथ छाडे ।

रावलका कारण तत्कालीन नेकपा हुँदै नेकपा एमालेको विवादमा अध्यक्ष केपी शर्मा ओली विरोधी समूह सुदुरपश्चिममा बलियो स्थितिमा थियो । देशभरका प्रदेशमध्ये सुदूरपश्चिममा मात्र ओलीविरोधी समूह बलियो थियो ।

एमाले फुटेर नेकपा एस बन्दा रावल पार्टी छाड्न तयार भएनन् । तर, रावलले माधव नेपालको साथ छाडेपनि धेरै उनी निकटले माधव नेपाललाई नै साथ दिए । कतिपय प्रदेशमा मन्त्री बन्न सफल भए ।

सुदूरपश्चिममा रावलका कारण माधव नेपाल बलियो भए । तर, अहिले रावल नै कमजोर देखिएका छन् । एमाले सुदूरपश्चिममा पहिलो ठूलो दलबाट झरेर चौंथो स्थानमा पुगेको छ । नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । त्यसपछि माओवादी र काँग्रेस छन् । यसले रावललाई धक्का पुगेको छ ।

एमालेमा रावल उपाध्यक्ष छन् । तर, सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्ट कायम रहेको ओलीको निर्णय छ । त्यसलाई उनी मान्न तयार छैनन् । १० बुँदे सहमति हुबहु कार्यान्वयनमा जोड दिदै २ जेठ २०७५ को अवस्थामा पार्टी संरचना कायम राख्ने भनिएकाले आफू नै इञ्चार्ज रहेको रावलको दाबी छ । उनले मङ्गलबार धनगढी पुगेर आफू नै इञ्चार्ज भएको बताए । ओलीलाई गृहक्षेत्रबाट चुनौती दिए ।

रावलले पेलेर जान खोजे कडा रुपमा प्रस्तुत हुने समेत बताए । उनले पेलाई मान्य नहुने भन्दै आफू विभाजनसँगै पेलाईको विरुद्ध संघर्षमा रहेको बताए । यसले एमालेभित्र ओली र रावलबीच नयाँ द्वन्द्व चलेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार