CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं,भदौ । सत्तारुढ दल नेपाली काँग्रसका नेता धनराज गुरुङले सुन घो टा ला का ण्ड मा मु’छिएका पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलन थापालाई सरकारले सदस्य सचिवमा नियुक्त गर्नु गलत भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै यस्तो बताएका हुन् ।
नेता गुरुङले आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त निर्णय सच्चाउन अनुरोध गरेका छन् । साथै, उनले यति ठुलो भ्र-ष्ट-चा-र का ण्ड मा मु’छिएकालाई उल्टै पदोन्नति गर्नु गलत भएको भन्दै यसको वि’रु;द्ध’मा बोल्न सबैलाई अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘भ्र-ष्ट-हरु काँग्रेस र कम्युनिष्ट हुँदैनन्, यस्तो ग म्भी र विषयमा मुख सिलाएर बस्नेहरु पनि अ-प-रा-धी हुन् ।’
सुन काण्डमा मुछिएकालाई पदोन्नति गरेर सरकारले गलत गर्यो, निर्णय सच्चाउनुपर्छ : धनराज गुरुङ https://t.co/TofhUr3sLk @dhanrgrg
— Saja Nepal (@saja_nepal) September 16, 2021
यो पनि – आफ्नै निर्वाचन क्षेत्रमा पत्तासाफ भए भिम रावल, फेरी एमालेमा ओली र रावलबीच नयाँ द्वन्द्व सुरु काठमाडौं,भाद्र । ‘राजनीतिमा आफ्नो र अर्काको नहुने’ भीम रावलले भोगेका छन् । उनले सुदूरपश्चिम पुगेर आफूलाई ज्यान दिन्छु भन्नेहरुले साथ छाडेको गुनासो पोखे । रावलकै पहलमा प्रदेशसभामा टिकट पाएर जितेका र समानुपातिकमा समावेश भएकाहरुले साथ छाडेका हुन् । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्जका रुपमा रावलले निकटस्थहरुलाई टिकट दिलाएका थिए । तर, ती मध्ये अधिकांशले रावलको साथ छाडे ।
रावलका कारण तत्कालीन नेकपा हुँदै नेकपा एमालेको विवादमा अध्यक्ष केपी शर्मा ओली विरोधी समूह सुदुरपश्चिममा बलियो स्थितिमा थियो । देशभरका प्रदेशमध्ये सुदूरपश्चिममा मात्र ओलीविरोधी समूह बलियो थियो ।
एमाले फुटेर नेकपा एस बन्दा रावल पार्टी छाड्न तयार भएनन् । तर, रावलले माधव नेपालको साथ छाडेपनि धेरै उनी निकटले माधव नेपाललाई नै साथ दिए । कतिपय प्रदेशमा मन्त्री बन्न सफल भए ।
सुदूरपश्चिममा रावलका कारण माधव नेपाल बलियो भए । तर, अहिले रावल नै कमजोर देखिएका छन् । एमाले सुदूरपश्चिममा पहिलो ठूलो दलबाट झरेर चौंथो स्थानमा पुगेको छ । नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । त्यसपछि माओवादी र काँग्रेस छन् । यसले रावललाई धक्का पुगेको छ ।
एमालेमा रावल उपाध्यक्ष छन् । तर, सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्ट कायम रहेको ओलीको निर्णय छ । त्यसलाई उनी मान्न तयार छैनन् । १० बुँदे सहमति हुबहु कार्यान्वयनमा जोड दिदै २ जेठ २०७५ को अवस्थामा पार्टी संरचना कायम राख्ने भनिएकाले आफू नै इञ्चार्ज रहेको रावलको दाबी छ । उनले मङ्गलबार धनगढी पुगेर आफू नै इञ्चार्ज भएको बताए । ओलीलाई गृहक्षेत्रबाट चुनौती दिए ।
रावलले पेलेर जान खोजे कडा रुपमा प्रस्तुत हुने समेत बताए । उनले पेलाई मान्य नहुने भन्दै आफू विभाजनसँगै पेलाईको विरुद्ध संघर्षमा रहेको बताए । यसले एमालेभित्र ओली र रावलबीच नयाँ द्वन्द्व चलेको छ ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।