माधव कुमार नेपालले आफ्नै हिसाबले पार्टी फोर्नुभयो: योगेश भट्टराई

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले ढिलो चाँडौ माधव नेपाल एमालेमै फर्किने बताएका छन् । आज शुक्रबार पोखरामा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता भट्टराईले विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल पनि एमालेमै फर्किने टिप्पणी गरेका हुन् ।

नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीका नेताहरुको मनमा अझै एमाले नै रहेकाले उहाँहरु एक दिन एमाले सिक भएर फर्किने बताएका छन् । आफुहरु नेपालसहितको एमलो बनाउन लागि परेको बताएका उनले पत्रकार सम्मेलनमा भने, ‘पार्टीभित्र केही विमति थियो । त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्ने हो । पार्टीभित्र छलफल नगरी माधव नेपालले आफ्नै हिसाबले पार्टी फोर्नुभयो, पार्टीभित्र विमति हुनेबित्तिकै विभाजन गर्ने होइन ।’

नेताहरु कसै नेताको पछि नलाग्ने बताएका उनले आफुहरुले पनि अध्ययन गरेर विश्लेषण गरी विवेक गर्न सकिने बताएका छन् । ‘नेता कार्यकर्ताहरु नेपालगञ्जको टाँगाको घोडाजस्ता होइनन्, दायाँबायाँ नहेरी नेताको पछि लाग्ने’ भट्टराईले भने । नेपालले नै १० बुँदे सहमति नमानेर हिडेको समेत खुलासा गरेका छन् ।

यो पनि – आफ्नै निर्वाचन क्षेत्रमा पत्तासाफ भए भिम रावल, फेरी एमालेमा ओली र रावलबीच नयाँ द्वन्द्व सुरु काठमाडौं,भाद्र । ‘राजनीतिमा आफ्नो र अर्काको नहुने’ भीम रावलले भोगेका छन् । उनले सुदूरपश्चिम पुगेर आफूलाई ज्यान दिन्छु भन्नेहरुले साथ छाडेको गुनासो पोखे । रावलकै पहलमा प्रदेशसभामा टिकट पाएर जितेका र समानुपातिकमा समावेश भएकाहरुले साथ छाडेका हुन् । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्जका रुपमा रावलले निकटस्थहरुलाई टिकट दिलाएका थिए । तर, ती मध्ये अधिकांशले रावलको साथ छाडे ।

रावलका कारण तत्कालीन नेकपा हुँदै नेकपा एमालेको विवादमा अध्यक्ष केपी शर्मा ओली विरोधी समूह सुदुरपश्चिममा बलियो स्थितिमा थियो । देशभरका प्रदेशमध्ये सुदूरपश्चिममा मात्र ओलीविरोधी समूह बलियो थियो । एमाले फुटेर नेकपा एस बन्दा रावल पार्टी छाड्न तयार भएनन् । तर, रावलले माधव नेपालको साथ छाडेपनि धेरै उनी निकटले माधव नेपाललाई नै साथ दिए । कतिपय प्रदेशमा मन्त्री बन्न सफल भए ।

सुदूरपश्चिममा रावलका कारण माधव नेपाल बलियो भए । तर, अहिले रावल नै कमजोर देखिएका छन् । एमाले सुदूरपश्चिममा पहिलो ठूलो दलबाट झरेर चौंथो स्थानमा पुगेको छ । नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । त्यसपछि माओवादी र काँग्रेस छन् । यसले रावललाई धक्का पुगेको छ ।

एमालेमा रावल उपाध्यक्ष छन् । तर, सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्ट कायम रहेको ओलीको निर्णय छ । त्यसलाई उनी मान्न तयार छैनन् । १० बुँदे सहमति हुबहु कार्यान्वयनमा जोड दिदै २ जेठ २०७५ को अवस्थामा पार्टी संरचना कायम राख्ने भनिएकाले आफू नै इञ्चार्ज रहेको रावलको दाबी छ । उनले मङ्गलबार धनगढी पुगेर आफू नै इञ्चार्ज भएको बताए । ओलीलाई गृहक्षेत्रबाट चुनौती दिए ।

रावलले पेलेर जान खोजे कडा रुपमा प्रस्तुत हुने समेत बताए । उनले पेलाई मान्य नहुने भन्दै आफू विभाजनसँगै पेलाईको विरुद्ध संघर्षमा रहेको बताए । यसले एमालेभित्र ओली र रावलबीच नयाँ द्वन्द्व चलेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार