राम कुमारी झाक्री आफ्नै पार्टी कार्यालय उद्घाटनमा उपस्थित नहुनु कारण यस्तो रहेछ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं,असोज मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै खोलिएको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर कार्यकर्तालाई सन्देश दिए- हामी यहाँ छौं ।

भुइँमा बसेका कार्यकर्ताले नेताका अनुहार पढे । केहीले खल्लो महसुस गरे । नेताको लहरमा अभाव झल्कियो, सो पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको ।  पार्टी दर्ताका बेला निर्वाचन आयोगमा नेपालको हात समातेर पुगेकी झाँक्रीलाई पार्टी कार्यालय उद्घाटनमा खोज्नु स्वाभाविक थियो । तर कार्यकर्ताको इच्छाअनुसार उनी कार्यक्रम अवधिभर कार्यालय परिसरमा देखिइनन् ।

त्यसो भए किन उपस्थित भइनन् रामकुमारी झाँक्री ? – पार्टी दर्ता भएको २४औँ दिनमा पार्टी कार्यालय उद्घाटनमा उनलाई नदेखेपछि कार्यकर्ताबीच कानेखुसी चल्यो- झाँक्री दिदी किन आइनन् ?

एमालेबाट अलग भएर नेकपा (एस) गठन गरेयता झाँक्री सो पार्टीकी रोलमोडल जस्तै भइन् । गत ९ भदौमा नेकपा (एस) दर्ताका लागि सनाखत गर्न जाँदा तत्कालीन प्रस्तावित अध्यक्ष माधवकुमार नेपालको हात तानेर निर्वाचन कार्यालयमा प्रवेश गराएकी झाँक्रीले राजनीतिक वृत्तलाई निकै तताइन् ।

उनको सो कार्यको पक्ष र विपक्षमा दुवैथरी विचार सार्वजनिक भए । एकथरीले आफ्नो विचार र सिद्धान्तमा झाँक्री अडिग रहेको भन्दै तारिफ गरे भने अर्काेथरीले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै आलोचना गरे । जे होस्, निर्वाचन कार्यालयमा माधव नेपालको हात तानेर कार्यकक्षमा प्रवेश गराउन खोज्ने झाँक्री शुक्रबार पार्टी कार्यालय उद्घाटनमै अनुपस्थित रहिन् ।

कार्यकर्ताले खोजेपछि पत्ता लाग्यो- उनी काठमाडौं बाहिर रहिछन् । नेकपा(एस)निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार झाँक्री पार्टी कामले सल्यान पुगेकी छन् । तर, झाँक्री भने सल्यानबाट रूपन्देही पुगेकी छन् । झाँक्रीले आफू पार्टी कामका लागि रूपन्देही रहेको बताइन् । ‘म पार्टी कामका लागि अहिले रूपन्देही भएका कारण पार्टी कार्यालय उद्घाटनमा सहभागी हुन पाइनँ’, झाँक्रीले भनिन् ।

कस्तो होला माधव नेपालको नयाँ पार्टी ? नेपालले सुनाए नयाँ योजना र भिजन

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने प्रस्ट पार्दै आफूहरु पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावसम्म जाने रणनीतिमा केन्द्रित रहेको बताएका छन् । शुक्रबार सो पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने जानकारी दिए ।

‘हामी पाँच दलीय गठबन्धनलाई बलियो बनाउन चाहन्छौं । अहिले हामी कुनै दलसँग पार्टी एकता गर्न गइरहेका छैनौं,’ उनले भने, ‘गठबन्धनसँग चुनावी तालमेल गरेर निर्वाचनमा जान्छौं ।’ उनले आफ्नो पार्टी नवीन सोच र मान्यताका साथ नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराका रुपमा उदय भएको पनि प्रस्ट पारे । ‘क्षितिजमा चम्किरहेको नयाँ ताराले नयाँ आशा र विश्वास जनमानसमा सृष्‍टि गर्नेछ,’ उनले भने, ‘सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछ ।’

उनले जनतालाई अल्मल्याउन आफूहरु १० थरी कुरा नगर्ने पनि प्रस्ट पारे । ‘हामी यथार्थ कुरा बोल्ने छौं, त्यत्तिकै सपनाको तरेली, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन १० थरी कुरा गर्ने छैनौं ।’ नेपाल राष्ट्र र नेपाली जनता नै आफूहरुको सम्पूर्ण सोच, चिन्तन र व्यवहारको केन्द्र हुने उनले बताए । समाजलाई अग्रगमन र परिवर्तनका दिशामा लैजान लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गरेर अघि बढ्ने उनको भनाइ थियो ।

लोकतान्त्रिक चरित्र र संस्कारलाई अवलम्बन गर्दै समाजवादतर्फको यात्रामा आफूहरु निरन्तर अघि बढ्ने उनले सुनाए । सामाजिक न्याय, समानता र समृद्धिका लागि अघि बढ्दै विभिन्न आन्दोलनका उपलब्धिको रक्षाका खातिर पार्टीलाई उभ्याउने उनले प्रस्ट पारे ।

मार्क्सवाद, लेनिनवादमा निष्ठा र आस्था राख्दै जबजको मूल्य र मान्यतालाई आत्मसात गर्दै नेकपा एकीकृत समाजवादी पार्टीलाई सबैखालका दक्षिणपन्थी भासबाट जोगाउन क्रियाशील हुने उनले बताए । अहिले नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनमा विभिन्न विकृति र विसंगति रहेको भन्दै उनले समाज, राजनीति र पार्टीहरूमा भएका सबै खालका विकृति, विसंगति उन्मुलनका लागि दृढताका साथ जुट्ने पनि उनले बताए ।

पार्टीलाई देशभक्त र स्वाभिमानी शक्तिका रुपमा उभ्याउने दृढता प्रकट गर्दै उनले सर्वहारा वर्गको क्रान्तिकारी पार्टीका रुपमा गतिशील बनाउँदै अघि बढ्ने बताए । ‘यो पार्टी कुनै पद प्राप्ति, निजी स्वार्थको रक्षाका लागि होइन । निजी अहङ्कारबाट प्रेरित भएर अहंकार गर्न पनि होइन,’ उनले भने, ‘हामी देश, जनता र समाजप्रति समर्पित हुन्छौं । शान्ति, मानवअधिकारको पक्षमा हुनेछौं ।’

निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रलाई तालमेल मिलाएर राष्ट्रिय पूँजी विकास गर्ने लक्ष्य रहेको उनले बताए । नेपाली नमुनाको समाजवाद कस्तो हुनेछ भन्नेबारे बौद्धिक जगतको सुझाव लिइने उनको भनाइ छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 321
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    321
    Shares

प्रतिक्रिया दिनुहोस !